२०७७ मंसिर १५, सोमबार

राष्ट्रिय प्रजातान्त्रीक पार्टीका अध्यक्ष कमल थापाले बर्तमान सरकारले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन ।

राप्रपाको भात्री संगठन प्रजातान्त्रीक युवा संगठन कर्णाली प्रदेश समितिले आज विरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले यस्तो बताएका हुन ।
उनले सरकारले काठमान्डौ उपत्यकामा विभिन्न स्थानमा विरोध गर्न निशेष गरेको प्रति संकेत गर्दै यसवाट सरकारले वहुमतको दम्भ देखाएको आरोप समेत लगाए ।
साथै हिन्दु राज्य स्थापनाका लागी २ लाख मानीस सडकमा उतार्ने समेत उनका भनाई छ ।

“निर्वाचन हिन्दु राज्य राख्ने कि नराख्ने जनमत संग्रह थिएन” थापाले भने
केही मानीसहरुले विदेशी शक्तिको आडमा देशलाई धर्मनिरपेक्षताका नाममा विदेशी धर्मलाई हावी वनाउन खोजको उनको आरोप छ ।
निर्वाचनको पराजयलाई आफुहरुले गम्भिर रुपमा लिएको र अव पार्टी लाई थप संगठित र वलियो वनाएर लैजाने थापाले स्पष्ट पारे ।

उनले असोज मसान्त सम्ममा ७५३ वटै स्थानीय तहमा संगठन गठन गर्ने साथै आगामी फाल्गुण ७ गते काठमान्डौमा २ लाख मानीस हिन्दु राज्य स्थापनाका लागी सडकमा उतार्ने चेतावनी समेत समेत दिएका छन ।
देशलाई वलियो गणतान्त्रीक राष्ट्रवादी शक्तिको आवश्य रहेकोले राप्रपा वाट फुटेका दलहरु पार्टीको मुल नेतृत्वमा आउन वार्ता र सहमति भईसकेको भन्दै पार्टी एकिकरण हुने मा ढुक्क हुन समेत आग्रह उनले गरेका छन ।

राष्ट्रिय प्रजातान्त्रीक युवा संगठनको देश व्यापी भेला तथा प्रशिक्षण का क्रममा कर्णाली प्रदेश समिति भेलाको उद्घाटन गर्न अध्यक्ष थापा सुर्खेत आईपुगका हुन ।

आज देखी शुरु हुने राप्रपा युवा संगठन कर्णाली प्रदेश समितिको प्रशिक्षण तथा भेला भोली सम्म चल्ने कर्णाली प्रदेश अध्यक्ष धन वहादुर बुढाले जानकारी दिए ।