२०८१, ८ बैशाख शनिबार

उचित व्यवस्थापन नहुँदा, चोरीको जोखिममा पादुकास्थानका मुर्ती

पादुका स्थानमा छरिएर रहेका विभिन्न देविदेवताका मुर्तीहरु ।    तस्बिरः हाम्रो नयाँ नेपाल दैनिक

दैलेख। मन्दिर क्षेत्रको उचित व्यवस्थापन नहुँदा पादुका स्थानका मुर्ती चोरीको जोखिममा रहेका छन । दुल्लु नगरपालिका–९ मा रहेका पादुका स्थान दैलेखको पशिद्ध पञ्चकोशी क्षेत्र मध्ये एक महत्वपूर्ण स्थान हो । मन्दिर क्षेत्रमा छरिएर रहेका मुर्तीहरुको राम्रो व्यवस्थापन नहुँदा विभिन्न देविदेवतामा मुर्तीहरु बेला बेलामा हराउने, चोरी हुने गरेका छन् ।

मन्दिर परिसरबाट २०७६ मंसिरमा चोरी भएका गणेशको मृर्ती, अन्य घण्टहरु हाल सम्म पनि नभेटिएको मन्द्रिर व्यवस्थापन समितिले जानकारी दिएको छ । रातकोे समयमा चोरी भएका ८ केजीको गणेशको मुर्ती, स–साना ६ वटा घण्ट हाल सम्म पनि नभेटिएको मन्द्रिर संरक्षक देविनाथ योगिले जानकारी दिए ।

‘बिहान आफ्नो नियमित नित्य कर्म गर्ने क्रममा मुर्ती भएको स्थानमा खाली देखे पछि मैले प्रहरीलाई खबर गरेको थिए,’ उनले भने, ‘त्यस पछि प्रहरी, हामीले खोजी कार्यलाई तिव्र पारेका पारेका छौँ । तर हाल सम्म भेटिएका छैनन् ।’

चोरी भएका मध्ये एउटा घण्ट वडा नम्बर ९ कै काब्डीखाडा भन्ने स्थानमा भेटिए पनि अन्य मुर्तीहरु हाल सम्म फेला नपरेको उनको भनाई छ । सत्य यूगमा महादेवले देवी सतिको मृत शरिरलाई काँधमा बोकेर त्रिलोक वैराग्य यात्रामा हिँडेको बेला देवी सतिको अंग पतन भएको ५२ वटा शक्ति पिठ मध्य ५ शक्ति पिठ दैलेखमा पर्ने गरेको बताइन्छ ।

जसलाई पुराणहरुमा पञ्चकोशी तिर्थको नामले चिनिन्छ । सतिदेवीको शरिरको महत्वपूर्ण अंग शिर, पाउ, कोठार, नावी तथा अस्तु खसेको स्थानमा अझै पनि ज्वाला अग्नी सदियौ देखि जल्दै आएको छ ।

यसै क्षेत्रलाई पर्यटकिय गन्तव्यको सुचिमा सुचिकृत गरिएको छ । सोहि अग्नी ज्वाला बल्ने केहि ठाउँमा चिनियाँ कम्पनीले नेपाल सरकार संघको सहकार्यमा पेट्रोलियम सम्भाव्यता अध्यनको काम गरिरहेको छ ।

३३ कोटी देवीदेवताका मुर्तीहरु रहेको पादुका स्थानमा अधिकांश मुर्तीहरु भग्नावश्यस अवस्थामा रहेका छन् । तिनको उचित व्यवस्थान नहुँदा बेला बेलामा चोरी हुने गरेको स्थानीयबासीको भनाई छ । छरिएर रहेका मुर्तीहरुको राम्रो व्यवस्थापन नहुँदा चोरी हुने जोखिम बढेको संरक्षक योगिले बताए । खोजीकार्य जारी रहेकाले चाँडै नै हराएका मुर्तीहरु फेला पर्ने उनको विश्वास छ ।

मन्द्रिर क्षेत्रमा मृर्तीहरु चोरीको जोखिममा रहेको स्थानीय नन्दनाथ योगीले बताए । मन्द्रिरको बिषयमा सरकारी क्षेत्रबाट कुनै पनि संरक्षणको पहल नभएको उनको भनाई छ । साथै हराएका मुर्तीहरु स्थानीय सरकार, मन्द्रिर व्यवस्थापनको टोलीले खोजी गर्नुपर्ने उनको भनाई छ ।

यता दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले हराएका मुर्तीको खोजी कार्य जारी रहेको बताए । ‘केहि गलत तत्वले मन्द्रिर परिसरबाट मुर्ती चोरी गरेको पाइएको छ’ उनले भने, ‘हामीले त्यसको खोजी कार्यका सम्पूर्ण प¥यासहरु जारी राखेका छौँ । प्रहरी, मन्द्रिर व्यवस्थापन समिति, स्थानीय खोजी कार्यमा लागिरहेका छन् ।’

मन्द्रिर व्यवस्थापनको क्षेत्रमा स्थानीय सरकारले चालु आर्थिक बर्षमा मन्दिर क्षेत्रमा बिजुली बत्ति र सीसी क्यामराको जडान गरेको उनले बताए ।
गत आर्थिक बर्षमा मुर्ती संङग्रहालय निर्माणका लागि प्रदेशबाट आएको बजेट टेन्डिर हुँदै फ्रिज भएको भन्दै उनले चालु आर्थिक बर्षमा बजेटको व्यवस्थापन भए मुर्ती संग्राहालय निर्माण गर्ने बताए । त्यो बाहेक स्थानीय सरकारले पञ्चकोशी क्षेत्रलाई प्रथामिकतामा राखेको समेत उनको भनाई छ ।