२०८१, १३ बैशाख बिहीबार

कर्णालीमा थप २५१ जनामा कोरोना

सुर्खेत । कर्णालीमा शुक्रबार थप २ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टी भएको छ । पिसिआर विधिबाट २ सय २ जनाको गरीएको परीक्षणमा १ सय ८ र ४ सय ८ जनाको ¥यापिड एन्टिजेन विधिबाट गरीएको परीक्षणमा १ सय ४३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

यो संगै कुल कोरोना संक्रमितको संख्या ९ हजार ३ सय ४७ पुगेको छ । नयाँ संक्रमितहरु सुर्खेतका ८१ जना, दैलेखका २०, सल्यानका ६०, जाजरकोटमा २९, रुकुम पश्चिममा ४३, कालिकोटमा ९, डोल्पामा ५ र अन्य प्रदेशका ४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमित उपचार पछि निको भएका छन् । यो संगै कुल संक्रमित मध्ये ७ हजार ५ सय ६१ जना संक्रमित उपचार पछि निको भएका छन् ।