२०८०, १० चैत्र शनिबार

सुर्खेतमा बैशाख ३१ सम्म निषेधाज्ञा

सुर्खेत । सुर्खेतमा वैशाख १४ गते रातीबाट जारी गरिएको निषेधाज्ञा बैशाख ३१ गतेसम्मको लागि थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेकाले सात दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो । कोरोना संक्रमण दर कम हुने सम्भावना नदेखिएकोले वैशाख ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।