२०७७ कार्तिक ५, बुधबार

कर्णालीमा गरिबीको तथ्याङ्क संकलन गरिने

सुर्खेत, भाद्र ।  कर्णाली प्रदेशमा गरिबीको तथ्याङ्क संकलन गरिने भएको छ । कर्णाली प्रदेश गरिवीनिवारण समन्वय समितिको आज वसेको बैठकले प्रदेशमा रहेका गरिवहरुको तथ्याङ्घ संकलनगर्ने निर्णय गरेको हो ।

कर्णाली प्रदेश सरकारले विनियोजन गरेको वजेटलाई गरिव मैत्री वनाउन प्रदेशमा रहेको गरिवीको तथ्याङ्ग संकलनगर्न लागीएको कर्णाली प्रदेश भूमिव्यवस्था , कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन । प्रदेश भरिका७९ वटा स्थानीय तहहरु संग समन्वय गरेर गरिवीको तथ्याङ्ग संकलनगरिने मन्त्री केसीले वताइन। विगतमा संकलन गरिएका तथ्याङ्गमा धनीको नामगरिवीमा परेको वताउदै यसलाई अन्त्यगर्न वास्तविकगरिबीको पहिचानहुने गरि कामगर्ने मन्त्री केसीको भनाइ छ ।

कर्णाली प्रदेश गरिवीनिवारण समन्वय समितिको अध्यक्ष समेत रहेकीमन्त्री केसीले स्थानीयतहको प्रोफाइल, तथ्याङ्गकार्यालयको तथ्याङ्गलाई आधार मान्ने वताइन। प्रदेशका सवै मन्त्रालयले विषयगत प्रोफाइल वनाएर तथ्याङ्ग संकलन गर्दा सहजहुने केसीको भनाइ छ ।

भूमिव्यवस्था , कृषितथा सहकारी मन्त्रालयका उपसचिव राजु वस्नेतको संयोजकत्वमा प्रदेशमा रहेको गरिवीको तथ्याङ्ग संकलनगर्न नौ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकार्यालय तथाअन्यमन्त्रालयका एक एकजनाअधिकृत प्रतिनिधि,तथ्याङ्गकार्यालय सुर्खेतकाप्रमुख सदस्य रहने मन्त्री केसीले जानकारी दिइन ।