२०७७ कार्तिक ७, शुक्रबार

एयरपोर्ट सन्चालन गर

नेपाल एयरलाईन्सका भएका विमान सन्चालन हुदैनन् । विमान हुदा पनि पाइलट अभावमा विमानहरु थन्कीएका थन्कीएई छन भन्ने खबरहरु पढिरहन पाइन्छ । त्यो मात्रै होइन सन्चालनमा आएका विमानहरु अस्तव्यस्त छन् र यिनले समयमै उडाउने मात्रै होइन भएका टिकट समेत विक्री गर्दैनन् । यो नेपालका पुरानो र सरकारी एयरलाईनसको हालत हो ।

काठमाण्डौ बाहिर आउने हो भने भईरहेका एयरपोर्टहरु समेत सन्चालनमा छैनन् । निजि कम्पनीका जहाजहरु आउने एयरपोर्ट समेत सन्चालनमा नहुदा विभिन्न समस्याहरु सर्वसाधारणले व्येहारीरहेका छन् । एकत नेपालको हवाई यात्रा असुरक्षीत हुनु भैरहेका विमानहरु पनि सन्चालनमा नआउनु र एयरपोर्ट समेत निर्माण भएर सन्चालनमा नआउदा विभिन्न समस्याहरु उत्पन्न भएका छन् ।

यस्तै समस्या लामो समयदेखी सन्चालनमै रहेको विमानस्थलको भोगेको छ । रुकुम पश्चिममा रहेको चौहरजहारी विमानस्थल विगत १५ महिना देखि वन्द भएको छ । लामो समय देखि विमानस्थल वन्द हुदा यहाँका नागरिकहरुले हवाई सेवा पाउन सकेका छैनन । हवाइ उडान वन्द हुदा जाजरकोट , सल्यान र रुकुम पश्चिमका नागरिकहरु हवाइ सेवा लिन वाट वञ्चीत भएका छन । गत वर्षको जेष्ठ महिना देखि यो विमानस्थल वन्द रहेको हवाई सेवा हाल सम्म पनि संचालन नहुदा यहाँका नागरिकहरु मर्कामा परेका छन ।

चौरजहारी विमानस्थलमालामो समय देखि हवाई उडान वन्द हुदा सवै भन्दा वढि विरामीहरु मर्कामा परेका छन । यो क्षेत्रको एकमात्र हवाई यातायातका विकल्पका रुपमा रहेपनि यस्को सन्चालन नहुदा समस्या व्यहोर्नुपरेको छ । धेरै इयरपोर्टहरु हाम्रोमा छन र पनि सन्चालनमा आएका छैनन् । यस्ले आम सर्वसाधारणलई दिनु सास्ती दिएको छ । भैरहेका एयरपोर्टहरु छिटो सन्चालनका लागि ध्यान देउ ।