२०७७ कार्तिक ७, शुक्रबार

मोडेल कलेजमा नया कोर्ष

सुर्खेत ।  सुर्खेतमा व्याचलर इन ईन्फरमेसन (विआईएम) र व्याचलर इन होटेल म्यानेजमेन्ट (बिएचएम) कोर्षको अध्यापन सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सुर्खेतमा रहेको मोडेल कलेजले व्यवसायीक विषय व्याचलर इन ईन्फरमेसन (विआईएम) र व्याचलर इन होटेल म्यानेजमेन्ट (बिएचएम) को अध्यापन शुरु गरेको हो ।

नयाँ व्यवसायीक विषयको एक कार्यक्रममा उद्घाटन गर्दै त्रिविका डिन प्रा डा देबराज अधिकारिले किताब पढेर मात्र केहि नहु्ने उललेख गर्दै ब्यबसायीक र सिप मुलक शिक्षा आबश्यक रहेको बताए । यो भन्दा अगाडि सुर्खेत मोडेल कलेजले विभिन्न विषयमा अध्यापन गराईरहेको छ । कलेजले यो क्षेत्रमै उत्कृष्ठ नतिजा निकालीरहेको जनाएको छ ।