२०७७ कार्तिक १०, सोमबार

इन्सेकद्धारा सुर्खेत कारागार अनुगमन

सुर्खेत,भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का व्यवस्थापनविभागप्रमुख पे्रमप्रसाद पराजुलीसहितको अधिकारकर्मीको टोलीले बुधवार सुर्खेत कारागारको स्थलगतअनुगमन गरेको छ ।

अनुगमनको क्रममा टोलीले लामो समयदेखि कष्टपूर्ण जीवनयापनगरिरहेका कैदीबन्दीहरूले भोग्नु परेको समस्याको बारेमाउनीहरूसँग प्रत्यक्ष रुपमा छलफल समेत गरेको थियो । छलफलमा एकै स्थानमा कोचिएर बस्नुपर्दा खानेपानी, शौचालय, मौसम अनुसार लाग्ने रोग, खानेबस्ने तथा सुत्ने समस्याबाट आफूहरू प्रताडित हुनुपरेको कैदीबन्दीले बताएकाथिए ।

कारागार अनुगमनको क्रममाआउने कारागार प्रशासन, सभाषददेखि सरकारका मन्त्रीलाई समेत आफूहरूले भोग्दै आएको समस्याहरूको बारेमाअवगत गराएपनि समाधानको लागिपहलकदमीनभएको कारागारका दाई नाईके शम्भु रोकायले बताए ।वि.स.२०२९ मानिर्मित तथाहाल जीर्ण रहेको सो कारागारमाक्षमताभन्दाचौबर कन्दीबन्दी रहेका छन् । कारागारमामहिलाकालागि एक र पुरुषतर्फ चार ओटा मात्रशौचालय रहेको पाइयो ।शौचालयमापालो लगाउनु पर्ने कारागारका दाई नाईके रोकायले जानकारी दिए ।

कुल५०जनाक्षमताभएको सुर्खेत कारागारमाहाल १ सय ९९ पुरुषतथा २३ महिला र १ आश्रित नाबालिका सहित २ सय २२ जना कैदीबन्दी रहेका छन् ।दशवर्ष अघि निमार्ण शुरु गरिएको १ सयक्षमताको सुधार गृह विगत आठ वर्षदेखि निमार्ण कार्य ठप्प रहेको छ ।

यसैगरी इन्सेकद्धारा प्रकाशितमानवअधिकारसँग सम्बन्धितविभिन्न पुस्तकहरू कारागारको पुस्तकालयकालागिइन्सेककाप्रमुख पराजुलीले जेलर लालबहादुर खत्रीलाई हस्तानन्तरण पनि गरेका थिए । कारागारको पुस्तकालयव्यवस्थितगर्न इन्सेकले थप पुस्तक, दराज र टेबुलउपलब्ध गराउने जनाएको छ । अनुगमनमा इन्सेकप्रदेश नं ५ का संयोजकभोलामहत, कर्णालीप्रदेशका संयोजक नारायण सुवेदी, फोकल पर्सन दुर्गा थापा र गैरसरकारी संस्थामहासङ्घ सुर्खेत शाखाका सहसचिव घनश्याम केसी सहभागी रहेका थिए ।

यसैबीच टोलीले सुर्खेतकाप्रमुखजिल्लाअधिकारी वीरेन्दकुमारयादव र एसपीबसन्त रजौरेसँग भेटघाट गरी जिल्लाको मानवअधिकारको अवस्थाको विषयमाजानकारी लिएको थियो । भेटघाटको क्रममाप्रजिअयादवलेमानवअधिकारको क्षेत्रमाकामगर्ने आधिकारी संस्थाका रुपमा इन्सेकलाई हेर्ने गरिएको बताए । प्रजिअयादवले इन्सेकमानवअधिकारको पर्यायबाची बनेको बताए ।

एसपी रजौरेले सुरु सुरुमाप्रहरीलाई अधिकारकर्मीसँग बोल्नु हुदैन भन्ने जस्तो लाग्थ्यो अहिले सँगै कामगर्नु पर्छ भन्ने बुझाई भएको बताए । अधिकारकर्मीसँग जिल्लामाहाललागुऔषध,बलात्कार र घरेलु हिंसाका घटनामा बृद्धि भएको एसपी रजौरेले उल्लेख गरे ।

अनुगमनकाक्रममाजिल्लाप्रहरी कार्यालयको हिरासतकक्षमा ६५ जनाथुनुवा रहेकोपाइयो । अनुगमन टोलीले अर्थ मन्त्रालयका सचिव ढुण्डीराजनिरौलासँगपनि भेट गरेको थियो । भेटका क्रममा सचिवनिरौलाले कर्णालीप्रदेशको विकासको अवस्थाकाविषयमाजानकारी गराएकाथिए ।