२०७७ कार्तिक १५, शनिबार

सर्पको टोकाईबाट एकको मृत्यु

सुर्खेत । सुर्खेतमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकबेशी नगरपालिका ९ तालडाँडा बस्ने ६० बर्षिय बल बहादुर सोमयमगरको सर्प दंसबाट मृत्यु भएको जिल्ल प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफनो घरकोकोठामा सुतीरहेको अवस्थामा मगरको हातम सर्पले डंस्दा उपचारको लागि क्षेत्रीय अस्पताल कालागाउँमा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबिच, सुर्खेत पंचपुरी नगरपालिकाको ५ मा मोटरसाईकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिकाको बाबियौरको हाईस्कूल नजिक चतुरे चौकबाट बाबियाचौर तर्फ जादै गरेको बा ४८ प ७६२२ नं. को मोटरसाईकलले सोही ठाँउमा बस्ने पैदल यात्री उदय ढुङ्गाना, उनकी श्रीमती बर्ष ४८ की विष्णा ढुङ्गाना र नाती वर्ष १ को अविशेष ढुङ्गानालाई बुधवार साँझ ठक्कर दिएको थियो ।

ठक्करबाट बज्यै नाती घाईते भएकोमा उपचारका क्रममा नाती अविशेष ढुङ्गानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी तथा प्रबक्ता श्याम सिंह चौधरीले जानकारी दिए । कैलाली घर भई हाल सोही ठाँउमा रोषनी अटो मोवाईल्समा काम गर्ने २५ बर्षिय अर्जुन शाह समेत घाईते भएको प्रहरीले जनाएको छ ।