२०७७ कार्तिक ९, आईतवार

घरेलु अबैध मदिरा नष्ट

सुर्खेत ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतले तिज पर्व अगाडि बिरेन्द्रनगर नगरपालिकाको विभिन्न क्षेत्रबाट बरामद गरेको अबैध घरेलु मदिरा नष्ट गरेको छ । तयारी अवस्थाको अबैध घरेलु मदिरा ३५० लिटर, मदिरा उत्पादन गर्न प्रयोग गरिने कच्चा पदार्थ २ हजार लिटर र ८ थान मदिरा उत्पादन गरिने भाँडाहरु बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

अबैध घरेलु मदिरा खोज तलास तथा नष्ट गर्ने तथा तिज पर्वलाई सुरक्षित बनाउने लक्ष्यका साथ सञ्चालन गरेको जिल्ला प्रहरीको अभियान सफल भएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख बसनत रजौरेले जानकारी दिए । प्रमुख प्रहरी उपरिक्षक रजौरेले यो अभियान चाड पर्बलाई केन्द्रित गरी आगामी दिनमा अझ ससक्तरुपमा अभियान सञ्चालन गर्ने जानकारी दिए ।