२०७७ कार्तिक ८, शनिबार

राजस्व छलेर ल्याइएको सुन सहित पक्राउ

सुर्खेत ।  चाडपर्वको मुखमा ठुलो मात्रामा राजस्व छलेर ल्याइएको सुन भन्दै प्रहरीले बरामद गरेको छ । सो आरोपमा पक्राउ परेका नेपालगन्जका सहबुद्दीन जसगढलाई पक्राउ गरेको छ । उनि नेपालगन्ज सुनारमण्डी स्थीत नया राज ज्वैलर्सका सन्चालन समेत हुन् ।

गत चार गत्ते नेपालगन्जबाट आउदै गर्दा भे ५ प १८ नम्बरको मोटरसाईक सहित सुब्बाकुना प्रहरी चौकि नजिक उनलाई पक्राउ गरिएको हो । कर्णाली प्रदेश प्रहरीको एक टोलिले उनको पिछा गरिरहेको थियो । सुराकीकका आधारमा नेपालगन्जबाट उनि सुर्खेत आउदै गर्दा समातिएका हुन् ।

प्रहरीको विशेष व्युरोले चेकजाच गर्ने क्रममा उनि भागेका थिए । उनको साथबाट अन्दाजी २१ तोला ७९ ग्राम तौलको १२ लाख बराबर बजार मुल्यको विभिन्न गहनाहरु बरामद गरिएका छन् ।

हाल उनलाई अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय कोहोलपुरमा पठाइएको छ । विलमा नाम र ठेगाना समेत फरक परेको,सोधपुछ गर्दा फरक फरक बयान दिएको कारण पनि राजस्व छलेर ल्याईएको सुन हुनसक्ने एक प्रहरी अधिकारीले आंशका व्यक्त गरे । सहबुद्दीन यो भन्दा अगाडि पनि सुन चोरी गरेर ओसार पसार गरीरहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।