२०७७ कार्तिक ३, सोमबार

सुर्खेतमा सुविधायुक्तबधस्थल संचालन

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ ढोडेखालीमाआधुनिकसुविधायुक्तखसीवोका मिनीबधस्थल संचालनमाआएको छ । उच्चमूल्यकृषि बस्तु विकास आयोजनाको आर्थिक तथाप्राविधिक सहयोगमानिर्माण भएकोमिनीबधस्थलबुधवारदेखि औपचारिक रुपमा संचालनमाआएको हो । ४० लाख रुपैयाको लागतमानिर्माण भएको बधस्थलको आयोजनाले १७लाख रुपैया अनुदान सहयोग गरेको छ भने वाकीखर्च जेवी मिट एण्ड सेल्स गरेको थियो ।

चारवटा कोठाहरु रहेको बधस्थलमाबध गर्ने, मासु छुट्याउने, चिस्यान गरी राख्ने र विक्रीकक्षराखिएको छ । मासु विक्रीको लागिबीरेन्द्रनगर बजारको जुम्ला सडकमा मासु पसल राखिएको सेल्सका संचालकजनकबहादुर थापाले बताउँनु भयो ।बधस्थल संचालन भएपछि उपभोक्ताहरुले स्वच्छ र सफा मासु उपभोग गर्ने आयोजनाकापशु सेवा विज्ञ दामोदर न्यौपाने उल्लेख गर्नुभयो । उहाँले गुणस्तरीय मासु उत्पादन र आयोजनाले सहयोग गरी उत्पादनभएकाखसीबोकाको विक्रीवितरणमा सहजताल्याउनको लागिबधस्थलनिर्माणको लागि सहयोग गरेको पनिजानकारी दिनुभयो ।

 

आधुनिक सुविधायुक्तमिनीबधस्थलामाअहिले दैनिकपाँच वटासम्म खसीबध गर्ने गरिएको छ भने दैनिक पाँचवटा जीवितखसी समेतविक्रीगरिदै आएको छ ।बधस्थलले पत्यक्ष रुपमा छ जनालाई रोजगारी समेत दिएको छ ।

यसैवीचमिनीबधस्थलको बुधबार एक कार्यक्रमको वीचऔपचारिक रुपमा संचालनमाल्याइएको छ । वर्षदिनलगाएर निर्माण गरिएको बधस्थलको उच्चमूल्य कृषि वस्तु विकास आयोजनाकाप्रमुख राजेन्द्रप्रसाद भारीले उद्घाटन गदै बधस्थलबाट उत्पादनहुने मासुको गुणस्तरीयतामाध्यानदिनसंचालकलाई सुझावदिनुभयो । उहाँले बधस्थल संचालनसँगउपभोक्ताले स्वच्छ मासु उपभोग गर्ने विस्वास पनिव्यक्त गर्नुभयो ।

पशु तथापंक्षी रोगअन्वेषण प्रयोगशालाकाप्रमुख डाक्टर कृष्णराज पाण्डेलेबधस्थलमाबधगर्नु अघि र बध गरीसकेपछि मासुको जाँच गरी बजारमा पुर्याउन सकेमात्रमासुको गुणस्तरीयताकामहुने बताउँनु भयो ।

यस्तै वडाध्यक्ष बालराम सुनारले बधस्थलनिर्माणमा सहयोग गरेकोमा आयोजनालाई धन्यवाददिदै यसको संचालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममाकर्णालीप्रदेशकापशु पंक्षीतथामत्स्यनिर्देशनालयकाप्रमुखसुमिन्द्र यादव, कृषितथापशुपंक्षीमन्त्रालयकाउपसचिवशिरिष पुन, सुर्खेत उद्योग बाणिज्य संघका उपाध्यक्षधनबहादुर रावत, पशु अस्पताल तथा ज्ञान केन्द्र सुर्खेतकाप्रमुखउत्तमथापाललगायतले आफनो भनाई राख्नु भएको थियो ।

उच्चमूल्यकृषि वस्तु विकास आयोजनाकाप्रमुख राजेन्द्रप्रसाद भारी सम्मानितहुनु भएको छ । आफ्नो वडामामिनीबधस्थलनिर्माण गरी उपभोक्तालाई गुणस्तरीय मासु उपभोग गर्न सहयोग गरेको भन्दै बीरेन्द्रनगर नगरपालिका वडा न १ ले उहाँलाई सम्मान गरेको हो । वडाध्यक्ष गंगाराम सुनारसहितकाजनप्रतिनिधीले आयोजनाप्रमुखभारीलाई कदरपत्रप्रदान गरेर सम्मान गर्नु भएको हो ।