२०७७ कार्तिक ११, मंगलवार

अपराधमुक्त समाज बनाउ

चाडपर्व नजिकीदैछन् । सामान्य अवस्थामा पनि शान्तीसुरक्षा हाम्रोमा अलिक खराबै जस्तो हुन्छ । मुख्य गरि अपराध नियन्त्रणमा राज्यको प्रभावकारी योजनाको कमि र आम नागरिककमा जानि नजानी अपराधमा देखिने संलंगताले अहिलेपनि कहि कतै समस्याहरु बढिरहेका हुन्छन् । पुरानै प्रकृतिका अपराध जुन अपराध दोहोरिने खालका हुन्छन भने कुनै अपराधन अलिक नया प्रकृतिका हुन्छन् । यि सबै अपराधहरु हुन नदिनु नै राज्य र राज्यको प्रतिनिधीत्व गर्ने प्रहरी प्रशासनको मुख्य जिम्मेवारी हो ।

हाल सोहि अपराध न्युनिकरणका लागि सरकारले देशैभर विभिन्न अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि अपराधन रोक्न र हुन सक्ने अपराधका बारेमा लड्न स्थानिय स्तरसम्मै पुगेर सचेतना अभियान समेत सञ्चालन गरेको छ । प्रहरीले विद्यालयमा विद्यार्थी,शिक्षक वजारमा व्यवसायी उद्योगीहरु,सर्वसाधारणसम्म महिलामा विभिन्न आमा समुह तथा सहकारी समुहका सदस्यहरु संग यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्ले आम नागरिकमा सचेतनाको स्तर माथि जान्छ ।

अर्कोतर्फ नागरिकले अपराध हुन नदिने अपनाउनुर्ने उपायका बारेमा सचेत हुन्छन् । देशका सबै नागरिक जिम्मेवार पुर्वक आ आफ्नो कर्तव्यप्रति कर्तव्यनिष्ठ मात्रै भैदिने हो भने सबै प्रकारका अपराध रहित समाज निर्माण गर्न सकिन्छ । त्यसका लागि हाम्रो चेतना स्तर मात्रै होइन हाम्रो चिन्तन र सोचाई समेत सकारात्मक गराउन जरुरी छ ।

राज्यको मात्रै जिम्मेवारी होइन कि हामी पनि देशका सबै नागरिक आफैमा राज्य होऔ भन्ने भावनाका विकाश गराउन जरुरी छ । त्यो भावनले अपराध रहित व्यक्ति परिवार समाज र राष्ट बनाउन मद्यत गर्छ । सबै नागरिकले राज्यका सबै अभियान र योजनामा सहयोग गरौ ।