२०७७ कार्तिक ४, मंगलवार

गुट छोड्नुस् : महामन्त्री खडका्

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले कांगे्रस आफ्नै कारणले कमजोर भएको टिप्पणी गरेका छन् । पार्टीको महामन्त्री भएपछि सुर्खेतमा पहिलोपटक औपचारिक कार्यक्रममा सहभागी भएका महामन्त्री खड्काले कांग्रेसको चुनौती कम्युनिष्ट नभएकोसमेत जिकीर गरे ।


कांगे्रसमा मौलाएको गुटगत राजनीति र नेताहरुको स्वेच्छाचारी शैलीका कारण जनता कुँडिएको उनको भनाइ छ । पूर्वगृह तथा सञ्चारमन्त्री समेत रहेका खड्काले ओली नेतृत्वको सरकारले जनतामा निराशा थपिएको आरोप लगाए । सुरक्षाको अवस्था खस्किँदै गएकोर जनतामा एक खालको नैराश्यता पैदाभएको उनले बताए । सरकारको अस्वभाविक निर्णय, अपरिपक्क कार्यशैलीका कारण समग्र लोकतन्त्र खतरामा परेको भन्दै जनताको अबको रोजाई कांग्रेस हुने बताए ।

बधाई तथा सम्मान कार्यक्रममा नेपाली कांगे्रस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णालीमा कमजोर रहेको कांगे्रसलाई अगामी चुनावमा माथि उठाउन पार्टीले गम्भीर भएर सोच्न आग्रह गरे ।

यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री हृदयराम थानीले पार्टीमा अझै पनि व्यक्तिगत स्वार्थ र गुटगत राजनीति मौलाएको आरोप लगाए उनले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा टिकट वितरण, जिल्ला सभापतिहरुको असन्तुष्टिले पनि पार्टीलाई अझै निराश बनाएको बताए ।