२०७७ कार्तिक १३, बिहीबार

मन्त्रालयको गाडीको दुरुपयोग : मन्त्रालयको गाडीमा सचिवकि श्रीमती बुटवल घुम्दै

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शिवनारायण चौधरीले मन्त्रालयको गाडीको दुरुपयोग गरेका छन् । बा. २ झ १४ ६८ नम्बरको मन्त्रालयको गाडीमा सचिवले आफ्नी कान्छी श्रीमतीलाई एक हप्ताभन्दा बढीको समय दिएर घुम्न पठाएका छन् ।

मन्त्रालयले गाडीको अभाव भएको भन्दै भखैरै चार वटा गाडी पनि खरिद गरेको थियो । मन्त्रालय अन्तर्गतक अन्य जिल्लास्थित कार्यालयहरुमा गाडीको समस्या भएको भन्दै आएको गाडीलाई मन्त्रालयका सचिवले आफ्नी श्रीमतीलाई घुमाउन सरकारी गाडी र सवारी चालक प्रयोग गरेका हुन् । यो सरासर सरकारी गाडीको दुरुपयोग भएको मन्त्रालयको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार बुटवलबाट दुई-तीन दिनपछि सचिव चौधरीका साली लगायतका ३-४ जना नातेदार ल्याएर आउने कुरा रहेको बताए ।

मन्त्रालय अन्तर्गतका अन्य जिल्लास्थित कार्यालयहरुमा गाडीको समस्या भएको भन्दै आएको गाडीलाई मन्त्रालयका सचिवले आफ्नी श्रीमतीलाई घुमाउन सरकारी गाडी र सवारी चालक प्रयोग गरेका हुन् ।

गाडीका चालक दिप चौधरीले दिउँसो ३ बजे आफू बुटवल भएको र गाडीमा भएको भनेर प्रतिक्रिया दिए पनि ५ बजे भने कोहलपुर आएको भनेर ढाँटेका छन् । तर दुई घण्टामा नै बुटवलमा भएको गाडी कोहलपुर आउन सक्ने कुनै अवस्थामा पनि सम्भव हुने कुरा होइन । सचिव चौधरीलाई फोन गर्दा उनले फोन उठाएनन् । सचिवका एक नजिकका कर्मचारीले भने ३ दिन अघि सचिवको श्रीमतीलाई लिएर गाडी बुटवल गएको र सोमबार आउने कुरा भएको र किन, के कामले गएको हो त्यो थाहा नभएको जानकारी दिए ।