२०७७ कार्तिक १०, सोमबार

धर्नामा निमित्त सिडिओको दादागिरी : भन्छिन्,‘जे मन लाग्छ लेख्नुस्’

सुर्खेत । विद्युतीय कारोबार ऐनको दफा सच्याउनुपर्ने माग राख्दै सुर्खेतका पत्रकार बिहीबार जिल्ला प्रशासन कार्यालय पुगे । पोखराका पत्रकार अर्जुन गिरीलाई विद्युतीय कारोबार ऐनको दफा आकर्षित गर्दै सिआईबीले पक्राउ गरेको थियो । त्यसैको विरोधमा नेपाल पत्रकार महासंघले देशभरी नै आन्दोलनको घोषणा ग¥यो । सोहीअनुसार सुर्खेतका पत्रकारहरु बिहीबार जिल्ला प्रशासन कार्यालयमा एक घण्टा धर्ना दिन पुगे ।


तर जिल्ला प्रशासन कार्यालय, सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले पत्रकारहरुलाई प्रशासनमा प्रवेशमा रोक लगाएको आदेश सर्कुलर गरिन् । ‘लाठी बोकेका छैनौँ’ भन्दै प्रशासनमा शान्तिपूर्ण धर्ना दिन आएको महासंघ पदाधिकारीले जानकारी गराउँदासमेत प्रहरी लगाएर निमित्त सिडिओ भट्टराईले पत्रकारलाई प्रवेशमा रोक लगाइन् ।
निमित्त सिडिओको निरकुंश शैलीविरुद्ध सुर्खेतका पत्रकारहरुले आपत्ती जनाएका छन् । प्रहरी बोलाएर निमित्त सिडिओ भट्टराईले प्रशासन परिसरमा धर्ना दिन रोक लगाएकी थिइन्।

शान्तिपूर्ण आन्दोलनमा सिडिओको व्यवहार गलत भएको टिप्पणी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले गरे । उनले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजी तथा विभिन्न आरोपमा पक्राउ गरिएका पत्रकारको रिहाइको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिदा निमित्त प्रमुख जिल्ला अधिकारीले गरेको शैलीप्रति आपत्ति जनाए ।

सरकारले पत्रकारलाई विभिन्न मुद्दाहरु लगाएर दुःख दिने नियत राखेकाले तत्काल ऐनको दफा ४७ र ४८ खारेजको सेजुवालले माग गरे । विगतदेखि नै नेपालमा स्वतन्त्र पत्रकारिता रहेकाले सरकारले विभिन्न बहानामा पत्रकारलाई दुःख दिने संस्कार तत्काल अन्त्य गर्न सेजुवालले आग्रह गरे । सरकारले पत्रकारमाथि धरपकड जारी राखे महासंघ मौन नबस्ने चेतावनी सेजुवालले दिए । पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सुर्खेतका निमित्त प्रमुख जिल्ला अधिकारीले गरेको व्यवहार गलत भएको भन्दै भ्रत्र्सना गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी लगाएर सिडिओ र एसपीले गरेको शैली निरकुंश भएको उल्लेख गरे । उनले पत्रकारहरु माथिको हमला संविधान विरुद्धको क्रियाकलाप भएको भन्दै प्रेस स्वतन्त्रताको लागि फेरि पनि आन्दोलन गर्न बाध्य नपार्न सरकारलाई चेतावनी दिए ।


यता, जिल्ला प्रशासन कार्यालय, सुर्खेतका निमित्त प्रमुख विनिता भट्टराईले पत्रकारलाई जे लाग्छ, त्यही लेख्न आग्रह गरिन् । उनले आफूहरु सबैलाई भित्र पस्न नदिन सक्ने बताउँदै त्यसका लागि जे लेख्न मन छ लेख्न अनुरोध गरिन् ।

नेपाल पत्रकार महासंघ, सुर्खेतका अध्यक्ष गण ेशक ञ्चन भा रतीले पत्रक ा र महासंघको आन्दोलन संविधानको मर्मलाई बचाउनको लागि भएको बताए । उनले संविधानको मर्म विपरित बनेको ऐनलाई तत्काल खारेज गर्नुपर्ने बताए । राजनैतिक हक र अधिकारको लडाईमा राजनैतिक दलभन्दा जहिले पनि अगाडी लाग्ने र जनतालाई सुसूचित पार्ने पत्रकारहरुलाई विभिन्न बहानामा संविधानको बर्खीलापमा गएर पक्राउ गर्नु र मुद्दा लगाउनु राम्रो नभएको उनको भनाइ छ । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्न सरकारलाई पत्रकारहरुले माग गरेका छन् । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ को खारेजीको माग गर्नुपर्ने पत्रकारहरुको माग छ । अन्यथा कडा आन्दोलन गर्ने पत्रकारहरुको चेतावनी रहेको छ ।