२०७७ कार्तिक ९, आईतवार

खाँडाचक्रमा शक्तिको दम्भ : वडाध्यक्षको आदेशमा छोरीलाई तलब

सुर्खेत । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. ५ का वडा अध्यक्षले शक्ति प्रर्दशन गरेको पाइएको छ । वडा नम्बर ५ का अध्यक्ष खडानन्द चौंलागाईले छोरी विमलालाई काठमाडौं पढ्न पठाएर अनमी पदमा तलब खुवाइरहेको खुलेको हो । यो प्रसङ्गबारे नगरपालिकाका मेयर जर्सी पाण्डेले आफूले थाहा नपाएको बताए पनि स्वास्थ्य चौकी इञ्चार्ज रुपा भण्डारी, नगर स्वास्थ्य संयोजक र विन्द्र सेजुवाल, वडाध्यक्ष चौंलागाईको मिलेमतोमा विमलालाई तलब खुवाइएको खुलेको हो ।


‘‘मेयरदेखि वडाध्यक्ष तथा सबै कर्मचारीले गलत गरेका हुन् ।’’ काठमाडौंमा रहेकी स्वास्थ्य चौकी इञ्चार्ज रुपाले भनिन्, ‘‘यसमा मेरो मात्रै दोष होइन । सबैको छ ।’’ नगर स्वास्थ्य इञ्चार्ज रविन्द्र सेजुवालले आफू अन्यत्रै व्यस्त भएकाले सो मुद्दामा ध्यान पु¥याउन नसकेको बताउँछन् । ‘‘मलाई स्वास्थ्य चौकी इञ्चार्जले केही भन्नु भएन ।’’ उनले भने, ‘‘वडाध्यक्षल भनेका कारण मैले तलब दिएको हुँ ।’’ नगर स्वा स्थ्यमा यस्तो मिलेमतो भइ तलब खुवाए पनि अन्य त्यही काम गर्ने कर्मचारीले भने तलब खान पाएका छैनन् ।

‘‘विमलालाई तलब खुवाउनु हाम्रो गल्ती हो ।’’ उनले भने, ‘‘आगामी शुक्रबारसम्म विमलाले खाएक ो तलब म नगरको कोषमा जम्मा गर्न लगाउँछु ।’’ उनले तलब खुवाएको खुलेपछि गल्ती स्वीकार्दै कारवाही गर्ने बताएका हुन् । उता, नगर प्रमुख जर्सी पाण्डेले आफूले यस बारेमा बुझिरहेको बताए । ‘‘मैले यो के भएको हो बुझि रहेको छु ।’’ उनले भने, ‘‘आवश्यक कारवाहीका लागि मैले नगरस्वास्थ्यलाई निर्देशन दिइसकेको छु ।’’