२०७७ मंसिर १६, मंगलवार

‘लिखित रुपमा सूचना माग्ने चलन छैन’

cropped-logosसुर्खेत, भदौ ४ ।
सुर्खेतमा लिखित रुपमा सूचना माग्ने प्रचलन नभएको पाईएको छ । राष्ट्रिय सूचना दिवसको अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको कार्यक्रममा विभिन्न सरकारी कार्यालयका सूचना अधिकारीहरुले सूचनाको हकको प्रयोग गरेर लिखित रुपमा सूचना पाऊ भन्ने निवेदन कम पर्ने गरेको बताएका हुन् ।

सेवाग्राहीसँग प्रत्यक्ष सरोकार हुने कार्यालयमा सुचना माग्ने पुरुषको तुलनामा महिलाहरुको संख्या झनै न्यून रहेको उनीहरुले वताएका छन । राज्यका निकायले प्रदान गर्ने सेवा अधिकतम खुला र पारदर्शी बनाइ विधिको शासन स्थापित गर्न सुचनाकोे हक सशक्त माध्यम भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हितप्रसाद पौडेलले बताए ।

सार्वजनिक निकायहरुमा सेवाग्राही तथा नागरिकहरुलाई सुचना उपलब्ध गराउन तोकिएका सूचना अधिकृतहरुले आफुसग प्रयाप्त सूचना राख्नु पर्नेमा उनीहरुले जोड दिएका छन ।

सूचना अधिकारीलाई आफ्नो क्षेत्राधिकारबारे जानकारी नहुँदा कतिपय कार्यालयका सुचना प्रवाहमा समस्या हुने गरेको उनीहरुले वताएका छन । नागरिकले कार्यालय गतिविधिका सामान्य सुचना माग गर्दा पनि सुचना अधिकृतले कार्यालय प्रमुखलाई सोध्नु पर्ने भन्दै आलटाल गर्ने गरेको बताएको छ । कार्यक्रममा सुर्खेतका विभिन्न सरकारी कार्यालयका सुचना अधिकृतहरुको सहभागिता रहेको छ ।