२०७७ कार्तिक ८, शनिबार

किसानले पाए बाली बीमाको रकम

दैलेख । आफूले बाली बीमा गएर साँच्चिकै बालीबाट भएको क्षतिको रकम बीमाबाट पाएपछि विष्णुबहादुर शाही दङ्ग छन् । अघिल्ला वर्षमा आफूले लगाएको बालीनाली नष्ट हुन्थ्र्यो, कति वर्ष त घरमा अन्नसमेत भित्राउन पाउँदैन थिएनन् विष्णुले तर यो वर्ष बाली लगाएलगत्तै बीमा गरेर अहिले क्षति पाए । मकैले घोगा नै हालेन ।
बीमा कम्पनीले गाउँमै पुगेर उनीहरुलाई बीमा रकम दियो । बीमा रकम पाएपछि विष्णु निकै खुसी छन् । उनले ९ हजार ४ सय ५० रुपैँया दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको हातमा चेक लिए । थोरै रकमले बीमा गरेर धेरै रकम क्षतिपूर्ति पाएको भन्दै विष्णुले अब सबैले बीमा गराउनुपर्ने सुझाव दिए । त्यस्तै, अर्का किसान कृष्णा बुढाले पनि आफूले अन्नबालीमा क्षति व्यहोरेपछि अहिले बीमा रकम बुझ्दा निकै खुसी छिन् । समयमै बीमा गरेकाले अहिले क्षति रकम पाउँदा निकै राम्रो कार्यक्रम रहेको बताइन् । अब सबै किसानहरुलाई बाली बीमा अनिवार्य रहेको उनले बताइन् ।
असिनाले करोडौंको बाली क्षति पु¥याएको समेत किसानहरुले सम्झेका छन् । विष्णु र कृष्णाजस्तै १३ जना किसानहरुले बाली बीमा पाएका छन् । आफूले उत्पादन गरेको बालीले उत्पादन नदिएपछि उनीहरुले बीमा रकम पाएक ा हुन् । जिल्लामै पहिलोपटक कृषि बीमाको प्रिमियम भुक्तानी पाएपछि किसानहरुमा खुसी छाएको हो । दुल्लु नगरपालिका–१ ३ को हात ेमालो कृषि बीऊ उत्पादन सहकारीका १३ जना किसानले ६४ हजार २ सय ६० रुपैँया बीमा रकम पाएका हुन् । किसानहरुले लगाएको मकैले घा ेगा नलागेपछि शिखर इन् स्य ा े र ेन्स क म्पनी लिमिटेडले उनीहरुलाई बीमा रकम हस्तान्तरण गरेको हो । नगर प्रमुख घनश्याम भण्डारी र उपप्रमुख बिष्णु थापाले सबै किसानहरुलाई बीमा रकम चेकमार्फत् हस्तान्तरण गरे ।