२०७७ कार्तिक १५, शनिबार

व्यवसायी भन्छन : ‘कर कार्यालयको गाडि देख्यो कि सटर बन्द गरेर भाग्नुपर्छ’

सुर्खेत ।
कर सम्वन्धी ज्ञान नहुँदा कर कार्यालय र व्यवसायबिच समधुर सम्बन्ध हुन नसकेको व्यवसायिहरुले गुनासो गरेका छन । आइतवार ऋति फाउन्डेसनको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न “सवाल उद्यमीको” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वीरेन्द्रनगरका उद्योगी व्यवसायीहरुले कर कार्यालय र व्यवसायिका बिच समधुर सम्वन्ध स्थापना गर्न स्थानिय तहले वा उद्योग वाणिज्य संघले करशिक्षा संचालन गर्नुपर्ने बताएका हुन ।


“बास्तवमा कर कार्यालय र हामिबिच समधुर समवन्ध हुनुपर्ने हो, तर अहिले कर कार्यालय हाम्रो लागि हाउगुजी जस्तो भएको छ । पसलअगाडि कर कार्यालयको सेतो नम्बरप्लेटको गाडि देख्यो कि सटर बन्द गरेर भाग्नुपर्छ ।” वीरेन्द्रनगर १ का व्यवसायि दिनेश खत्रीले भने । “व्यवसाय पानामा दर्ता गर्दा क ेहुन्छ ? र भ्याटमा दर्ता गर्दा के हुन्छ व्यवसायिलाइ थाहा नहुुदा र कर कार्यालयले जसरी पनि कर असुल्ने मनसाय बनाउदा समस्या परेको छ ।” खत्रीले दाहोर्याए ।


कार्यक्रममा सवै क्षेत्रका व्यवसायको प्रतिनिधित्व र स्थानिय सरकारको तर्फबाट वीयरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदको सहभागिता रहेको थियो । एक सहभागीले सवैको महत्वको क्षेत्र र सबैभन्दा मारमा परेको निजि व्यवसायभ भनेको नीजि विद्यालय भएको दावि गरे । वीरेन्द्रनगरमा व्यवस्थित पार्किङ हुन नसक्नु पनि व्यवसाकिो लागि समस्या रहेको भनाई छ । कार्यक्रममा बोल्दै सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिनतामणी शर्माले स्थानिय तहले कम्मर कसेर काम गर्दापनि सबै अधिकार नआउनु मुख्य समस्या भउको बताए । उनले अहिले तत्कालका लागि फनपार्क आवश्यक रहेको बताए ।


कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सामाजिक क्षेत्रमा नगरपालिकाको यो साल ४ करोड २३ लाख खर्च भएपनि उपलब्धी नदेखिएको बताए । तालिम लिने र भत्ता लिने प्रवृती बढेकोले यसलाइ नियन्त्रण गर्नुपर्ने उनको भनाई छ ।
व्यवसायी कमल शर्माले बजारमा स्वस्थ प्रतिस्प्रधा आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै व्यवसायी हेमा उपाध्यायले आफ्नो दक्ष जनशक्ती बाहिरबाट ल्याउनु परेको समस्या बताइन । सरकारले महिला र युवा उद्यमीलाइ नपत्याउने गरेको दावी गरिन ।