२०७७ कार्तिक ११, मंगलवार

नेकपा सुर्खेतको अध्यक्षमा शाही र सचिवमा जीसी

सुर्खेत ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ । आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् ।

शाही र जीसी बाँया… दाँया

तत्कालीन एमालेले अध्यक्ष वा सचिव जुन पद पाएको भए पनि तत्कालीन जिल्ला अध्यक्षलाई नै उक्त पदमा ल्याइएको छ । सोहीअनुरुप सुर्खेतमा पनि अध्यक्षमा पुवृएमालेको तर्फबाट धु्रवकुमार शाही चयन भएका छन भने सचिवमा पुर्वमाओवादिका तर्फबाट कृष्ण जीसी चयन भएका हुन ।