२०७७ कार्तिक १३, बिहीबार

जहाँ २० वर्षभन्दा कम उमेरमा लगन जुर्दैन…

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ की गरिमा बलामी मगर सुनौलो हजार दिने आमा हुन् । उनले गर्भवती अवस्थामा २ पटक स्वास्थ्य संस्थामा जाँच पनि गराइन् । उनलाई गर्भावस्थामा स्वास्थ्य जाँच गराउनका लागि स्वास्थ्य स्वयंसेविका र उनका श्रीमान्ले भनेका थिए ।


सुत्केरी हुनका लागि स्वास्थ्यकर्मीले जेठ ८ गतेको समय सीमा दिएका थिए । त्यहीअनुसार गरिमाले केही समय अघि नै स्वास्थ्य संस्थामा सुत्केरी गराउनका लागि सामान्यतया हिँडेर ४ घण्टा लाग्ने पञ्चपुरीकै साल्कोट पलैंटेमा गएकी थिइन् । तर उनको सुत्केरी हुने समयमा साल्कोटमा बच्चा पाउन समस्या भयो । अन्ततः सुत्केरी हुनको लागि उनी सुर्खेतको प्रदेश अस्पतालमा जानुपर्ने अवस्था भयो । उनको बच्चा उल्टो रहेछ । नर्मलरुपमा उनले बच्चा जन्माउन सकिनन् । भ्याकुम प्रयोग गरेर बच्चा जन्माउनु पर्ने अवस्था आयो । गरिमाले भनिन्, ‘‘म यदि सुत्केरी गराउन स्वास्थ्य संस्थामा नगएको भए सायद म बाँच्दैन्थे होला, त्यही भएर म सबै दिदीबहिनीहरुलाई स्वास्थ्य संस्थाम सुत्केरी हुनको लागि जान आग्रह गर्दछु ।’’ तल कर्णालीको छाल, पारी पट्टी अछामको रप डाँडा । जहाँको बेसी अपर कर्णालीको प्रभावित क्षेत्रमा पर्ने गर्दछ । माथि हाँसेगाउँ डाँडो । सुर्खेतको पञ्चपुरी नगरपालिकाको वडा नम्बर १ अति विकट क्षेत्र हो ।
कर्णाली प्रदेशको सुगम जिल्लाका रुपमा रहेको सुर्खेत जिल्लाको पञ्चपुरीको एक नम्बर वडाबाट नजिकको स्वास्थ्य संस्थामा जानको लागि पूरै एक दिन छुट्याउनुपर्ने बाध्यता रहेको छ । अझै अलि सुविधासम्पन्न पिएसीमा जानको लागि एक दिनमा आउन–जानको लागि बिरामीलाई सम्भव नै छैन । पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा झण्डै ५० प्रतिशत महिलाहरु अहिले पनि परम्परागतरुपमा घरमा नै सुत्केरी हुने गरेको देखिएको छ । यस्तै समग्र पञ्चपुरी नगरपालिकामा अहिले ७६ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य संस्थामा सुत्केरी हुने गरेका छन् भने २२ प्रतिशत महिला अहिले पनि स्वास्थ्य संस्थाभन्दा बाहिर नै सुत्केरी हुने गरेको नगरपालिकाका स्वास्थ्य सह–संया ेजक हस्त राज गिरीले जानकारी दिए । उनले भने, ‘‘अबको दुई वर्षपछि ९४ प्रतिशत गर्भवती महिला स्वास्थ्य संस्थामा सुत्केरी गराउने नगरपालिकाको लक्ष्य छ, यो हामी जसरी पनि पूरा गर्छाैँ ।’’ सो क्षेत्रका महिला र शिशुको स्वास्थ्यलाई ख्याल गर्दै नगरपालिकाले ब्रेक थ्रु एक्सन कार्यक्रम सञ्चालन गरेको छ ।
यूएसआईडीको आर्थिक सहयोग रहेको ब्रेक थ्रू कार्यक्रम कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा सञ्चालित रहेको छ । जसले गर्भवती आमा, सुत्केरी र शिशुको स्वास्थ्य अवस्थाको केपीएलमा घरेलु टोली ११ को विजयी सुरुवात क्षेत्रीय ‘क’ वर्ग बारेमा काम गरिरहेको छ । खासगरी गर्भवती महिलाहरुलाई स्वास्थ्य स ंस्था मा सुत्क े री गराउन ु या े आयोजनाको मुख्य काम रहेको छ, जसले गर्दा आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहोस् ।
सासु ससुरालाई मोबाइलमा एसएमएस
पञ्चपुरी नगरपालिकाले पालीका भित्र रहेका पण्डित बाजेहरुलाई २० बर्ष भन्दा कम उमेरका युवा युवतीहरुके विवाह गर्नका लागि लगन नजुराउनका लागि तालिम संिचालन गरेको छ । वालविवाहका साथै आमा र शिशुको अकालमा ज्यान जानबाट रोक्नको लागि विवाहको लगन हेर्न आउने केटा र केटीको उमेर हेरी २० बर्ष भन्दा कम उमेरका भए लगन नजुराईदिन नगरपालिकाले पण्डितहलाई भनेको हो ।
नगरपालिकाले पण्डित बाजे र धामी झाक्रीलाई सुनौलो हजार दिने आमा र शिशुको स्वास्थ्यका लागि सचेत हुन भन्दै तालिम सञ्चालन गरेको हो । धामीझाँक्रीले पनि सुत्केरी र गर्भवतीलाई स्वास्थ्य संस्थामा जानको लागि प्रेरित गर्न नगरपालिकाले आग्रह गरेको छ । यसैबीच, भौगोलिक विकटतामा रहेको पञ्चपुरी नगरपालिकाको वडा नम्बर १ को स्वास्थ्य क्षेत्रको विकासमा ब्रेक थ्रु कार्यक्रमले थप सहयोग भएको नगर प्रमुख उपेन्द्र थापाले बताए । ‘‘सडक सञ्जालसँग नजोडिएको क्षेत्र र दुर्गम भएकाले पनि दुर्गम क्षेत्रमा जनचेतनाका लागि कार्यक्रम सुरु गरिएको छ’’, थापाले भने, ‘‘हामी भौतिक पूर्वाधारका साथै स्वास्थ्य क्षेत्रमा पनि सँगसँगै काम गरिरहेका छौँ ।’’ यो कार्यक्रमले सुत्केरीलाई मात्र नभई उनीहरुको श्रीमान् र सासुआमाहरुलाई पनि समेटेको थापाको भनाइ छ ।
नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत् सरकारले दिने प्रा ेत्साहन भत्तामा पञ्चपुरी नगरपालिकाले थप २ हजार दिएको छ । जसका कारण स्वास्थ्य संस्थामा सुत्केरी गराउनेहरुको संख्यामा बृद्धि भएको गाउँपालिकाले जनाएको छ । ब्रेक थ्रु एक्सन परियोजनाअन्तर्गत अहिले स्वास्थ्य संस्थाले गर्भवती महिलाका श्रीमान् र सासुआमाको मोबाइल नम्बर राख्न थालेका छन् । गर्भवतीको चेकजाँच गराउने समयमा र सुत्केरी हुने समयमा स्वास्थ्य संस्थाले गर्भवती महिलाको श्रीमान् र सासुआमाको मोबाइलमा म्यासेज पठाउने र सचेत गराउन थालेको छ । जसका कारण गर्भवती महिलाका घरपरिवार पनि गर्भवती तथा सुत्केरी महिला र शिशुको स्वास्थ्यप्रति सजग रहुन् भन्ने उद्देश्य रहेको छ ।