२०७७ मंसिर १७, बुधबार

मप विश्वविद्यालयमा स्ववियु निर्वाचन, आज उम्मेदवारी दर्ता हुँदै

logo of nayanepalसुर्खेत, भदौ ४ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा यही भदौ ८ गते हुन लागेको निर्वाचनको लागि आज –शनिबार) उम्मेदवारी दर्ता हुने भएको छ ।

मप विश्वविद्यालयले तयार गरेको निर्वाचन तालिका अनुसार आव (शनिबार) विहान ११ बजेदेखि साँझ पाँच बजेसम्म विद्यार्थी संगठनहरुले आफ्ना उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराउनुर्ने छ ।

मिश्रित प्रणालीको निर्वाचन अनुसार १० जना प्रत्यक्ष र ७ जना समानुपालिक गरी १७ सदस्यीय स्ववियु हुनेछ । त्यसका लागि शनिबार प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुने निर्वाचन समितिले जनाएको छ ।

यस अघि नेकपा माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) अध्यक्षको उम्मेदवारमा राजेन्द्र बुढालाई घोषणा गरेको छ भने अन्य संगठनहरुले घोषणा गरेका छैनन् । आज (शनिबार) भने निर्वाचनमा सहभागी हुने संगठनले आफ्ना उम्मेदवारहरुको नाम दर्ता गराउने छन् ।

मप विश्वविद्यालयमा यस अघि नै विद्यार्थीहरुले आफ्नो संगठन दर्ता गरिसकेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, नेपाल क्रान्तिकारी विद्यार्थी संगठन लगायतले संगठन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार ५ गते उम्मेदवारी फिर्ता लिन चाहनेलाई फिर्ताको मौका दिइने भने सोही दिन ५ बजेपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ । समानुपातिक तर्फका उम्मेदवारहरुको बन्दसूची पेश गर्ने समय भने भदौ भदौ ६ गते तोकिएको छ ।
निर्वाचन भदौ ८ गते बिहान ८ बजेदेखि सुरु हुने मध्यपश्चिम विश्वविद्यालयले जनाएको छ ।