२०७७ कार्तिक ५, बुधबार

कर्णाली प्रदेशमा उद्योगको संख्या न्यून

सुर्खेत । कर्णाली प्रदेशमा उद्योग तथा वाणिज्यतर्फका कामहरूको प्रगति शून्य रहेको पाइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत अन्य केही काम कर्णाली प्रदेशमा उद्योगको संख्या न्यून अघि बढे पनि उद्योगतर्फका काम शून्य रहेका छन् ।


उद्योग वाणिज्यतर्फ २३ करोड बजेट विनियोजन गरेको कर्णाली सरकारसँग खर्चको एकिन तथ्याङ्क पनि छैन । सशर्त अनुदानमा ३४ करोड पाएको मन्त्रालयले उद्योगतर्फ खासै लगानी नगरेको मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले बताए ।
घरेलु उद्योग विकास समितिमार्फत् विभिन्न लघु उद्यम विकास कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले बजेट विनियोजन गरेको छ । ‘‘यो पनि केन्द्र सरकारकै कार्यक्रम हो’’, रोकायले भने, ‘‘यो कार्यक्रमका लागि प्रत्येक जिल्लामा करिब तीन वटासम्म गैरसरकारी संस्था छनौट गरिएको छ ।’’ उनका अनुसार कारागारका कैदीलाई ब्यूटिसियन तालिम पनि दिइएको छ ।