२०७७ कार्तिक ४, मंगलवार

महासंघको स्थापना दिवस

सुर्खेत । नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाले आफ्नो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ । श्रमजीवि पत्रकारहरुको एक मात्र साझा संस्था नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाले आफ्नो स्थापना दिवसका अवसरमा कार्यक्रम गर्न लागेको हो ।
महासंघले १६ गते परेको शाखाको २८ औं स्थापना दिवसमा रक्तदानदेखि मैत्रीपूर्ण ब्याडमिण्टन प्रतियोगिताको आयोजनासमेत गरेको छ । महासंघ सुर्खेत शाखाले बैशाख १४ गते स्लो ड्राईभिङ्ग मोटरसाइकल महासंघको स्थापना दिवस प्रतियोगिता गर्ने जनाएको छ ।


आज (शनिबार) बिहान ७ बजे, दैलेख रोड पानी ट्याङ्की, कपासे इत्राममा सो कार्यक्रमको आयोजना गर्ने बताएको हो । त्यस्तै, बैशाख १५ गते मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको आयोजनासमेत गरेको छ । त्यस्तै, नेपाल पत्रकार महासंघको प्राङ्गगणमा १५ गते रक्तदान कार्यक्रम गर्ने जनाएको छ ।
महासंघले स्थापनाको दिन बैशाख १६ गते आफ्नै भवनमा अन्तरक्रिया, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गर्नेसमेत जनाएको छ ।