२०७७ माघ १२, सोमबार

रानीबास र मटेलामा स्वास्थ्य शिवीर

cropped-logosसुर्खेत, भदौ ४ ।
सुर्खेतको पूर्वी गाविस रानिबास र मटेलमा शुक्रबार महिलाको पाठेघर खस्ने समस्याको चेकजाँच सम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

युएसएआइडीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र स्याक नेपालद्धारा सञ्चालित साझेदारी विकास परियोजनाको सहयोग, जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वय तथा गाउँ विकास समितिकोे आयोजनामा शिविरहरु सम्पन्न भएका हुन् ।

रानिबासमा एक सय तीन जनाले सेवा लिएका थिए जसमध्ये ६ जनाले रि¨ राखेका छन् भने ६ जनालाई अप्रेसनको लागि सल्लाह दिईएको छ । बाँकीको शिविरमै समान्य उपचार गरिएको छ । त्यस्तै मटेलामा ९० जनाले सेवा लिएका छन् ।

रानिबासमा सञ्चालन गरिएको शिविरमा जिल्ला जनस्वाथ्य कार्यालयकी वरिष्ठ अनमी डम्बरी कंडेल र सीता शर्मा र मटेलामा रेणु सिंह, कृष्टीना सापकोटा र अम्मर रानाले चेकजाँच गरे थिए । शिविरमा आएका महिलाहरुले आफ्नै घरदैलोमा स्वास्थ्य सेवा पाउँदा खुशी व्यक्त गरे ।
हि उपचार गर्नका लागि सदरमुकाम नै पुग्नुपर्छ, उनीहरुले भने, त्यही झन्झटले पनि पीडा लुकाएर बसेका थियौ, आज आफ्नै घरदैलोमा सेवा पायौ धेरै खुशी छौ । आगामी दिनमा पनि महिलाहरुको स्वास्थ्य समस्याका बिषयमा पटक पटक गाविस स्तरमा शिविरहरु राख्नुपर्ने उनीहरुको माग थियो ।

रानिबासको स्वास्थ्य शिविरमा स्याक नेपालका फिल्ड अधिकृत दिपा पौडेलको सहभागिता रहेको थियो भने मटेलामा अनुगमन तथा मुल्याङ्कन अधिकृत खगेन्द्र प्रसाद भण्डारी र कार्यसमिति महासचिव गंगा गुरु¨को सहभागिता रहेको थियो ।