२०७७ कार्तिक ५, बुधबार

धन्य कर्णाली सरकार ! एकैदिन दुइ महिलाको ज्यान बचायौ

सुर्खेत । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एकै दिन दुई जना सुत्केरी महिलाको ज्यान बचाउन सफल भएको छ । बुधबार बिहान चंखेली गाउँपालिकाको मेल्छम स्वास्थ्य चौकीमा कार्यरत ३३ वर्षीया अनमी निशा नेपालीलाई एअरलिफ्ट गरेको मन्त्रालयले दिउँसा े दुई बजे ओदानचुली गाउँपालिका वडा नं. १ कि ३५ वर्षीया राजकला महताराको उद्धार गरेको हो ।


अनमी निशाको घर घोराही नगरपालिका वडा नं. १५ मा पर्छ । उनी हुम्लाको चंखेली गाउँपालिकाको मेल्छाम स्वास्थ्य चौकमिा अनमीको रुपमा काम गर्दै आएकी थिइन् । उनले गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएकोले हेलिकप्टरमार्फत् उनलाई प्रदेश अस्पताल कालागाउँमा पु¥याइएको हो ।
अहिले उनको उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । राजकला महताराका दुई छोरा एक छोरी छन् । उनलाई मंगलबार साँझ सुत्केरी व्यथा लागेको थियो । तर उनको साल पहिले खसेका कारण उनले बच्चा जन्माउन सकिनन् । त्यो खबर सामाजिक विकास मन्त्री दल रावलकहाँ आइपुग्यो ।


तत्काल उनले आफू गएर हेलिकप्टर मार्फत उद्धारु गर्न लगाए । अहिले उनको उपचार पनि प्रदेश अस्पतालमा भइरहेको छ । ‘‘वाह सरकार † मेरा लागि भगवान् नै तपाई नै हो ।’’ सुर्खेत विमानस्थलमा श्रीमती ल्याइसकेपछि राजकलाका श्रीमान् वृष महताराले भने, ‘‘सरकार धन्य छ ।
सबैजना मेरो श्रीमतीको जस्तै तत्काल सेवा पाउन् ।’’ उनले अब श्रीमतीलाई केही नहुने विश्वाससमेत गरे । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । कर्णालीका विकट जिल्लामा स्तरीय स्वास्थ्य संस्था नभएका कारण सुत्केरी महिलाको ज्यानको खतरा सधैं हुने गरेको मन्त्री दल रावलले बताए । ‘‘आर्थिक वर्ष २०७४÷०७५ मा हामीले ७ जना सुत्केरी महिलाको उद्धार गरेका थियौँ ।’’ उनी भन्छन्, ‘‘चालु आर्थिक वर्षको आजको मितिसम्म हामीले १६ जनाको उद्धार गरिसकेका छौँ ।’’ सरकारले यो कार्यका लागि दुई करोड बजेट विनियोजन गरेकोमा अहिले करिब एक करोड अझै बचेको छ । ‘‘काठमाडौंबाट हेलिकप्टर मगाउँदा एकपटकमा ८ लाख जति खर्च हुने गरेको छ ।’’ मन्त्री रावलले भने, ‘‘हेलिकप्टरले प्रतिघण्टा एक लाख १० हजारदेखि १ लाख २० हजारसम्म भाडा लिने गरेका छन् ।’’ उनले सरकारले एक हेलिकप्टर सुर्खेतमै राख्न माग गरेको बताउँदै अबको ६ महिनाभित्र नेपाली सेनाले ४ वटा हेलिकप्टर कर्णालीमा राख्ने गरी जग्गाको व्यवस्थापन भइसकेको मन्त्री रावलको भनाइ छ ।

‘‘अब हामी प्रत्येक स्थानीय तहमा एक–एक वटा प्राथमिक स्वास्थ्य केन्द्र राख्ने योजना बनाइरहेका छौँ ।’’ मन्त्री रावल भन्छन्, ‘‘हवाई उद्धार केही समयका लागि मात्रै भएकाले ति स्वास्थ्य केन्द्रमा एक–एक जना विशेषज्ञ डाक्टर राख्छौँ ।’’ स्वास्थ्य मन्त्रालयलाई यस बारेमा अनुरोध गर्ने र त्यहाँबाट सम्भव नभएको खण्डमा प्रदेश सरकारले आफ्नै खर्चबाट भए पनि त्यस्तो सेवा उपलब्ध गराउने योजना बनाएको मन्त्री रावलको भनाइ छ ।