२०७७ कार्तिक ३, सोमबार

सरकारी कार्यक्रममा आएनन् कांग्रेसका मजदूर

सुर्खेत । ‘संसारका सबै मजदूर एक हौँ’ भन्ने मूल नाराका साथ कर्णालीको राजधानी वीरेन्द्रनगरमा १ सय ३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवस बुधबार मनाइयो । देशका सबै क्षेत्रमा देखिने ‘राजनीति’बाट मजदूर संगठन पनि अछुतो रहेनन् । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस निकट मजदूर संगठन नेपाल ट्रेड युनियन काँग्रेस आएन । उसले अलग्गै ¥याली तथा नेकपा निकट जिफण्ट र अन्टुपलगायतको संयुक्त ¥याली निस्कियो ।


नेपाली काँग्रेस सरकारी कार्यक्रममा आएनन् का“ग्रेसका मजदूर निकटका मजदूरहरुको कार्यक्रम पार्टी कार्यालयमा आमसभा गरेर सम्पन्न भयो भने बाँकी स ंगठन प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा भाग लिए । हर्ष न विस्मात्को दिवस मजदूर संगठनहरुका नेताले मजदूर दिवसको दिन भाषण गरेरै बिताएका छन् ।
कोही खुल्लामञ्चमा मजदूर अधिकारको वकालत गरिरहेका पाइए भने कोही नेपाली काँग्रेसको कार्यालयमा भाषण गरिरहेका पाइए । ‘‘हामीलाई भाषण सुनेर पुग्नेवाला केही छैन ।’’ घर बनाउन मजदूरी गरिरहेका रमेश विकले भने, ‘‘भाषण सुनेर पेट भरिने, जहान
बच्चा पाल्न सकिने भएको भए हामी पनि सँगै जान्थ्यौँ ।’’ उनले जहिले पनि मजदूरको हितमा काम गर्छौं भन्ने तर समस्या परेको बेला कोही पनि साथ दिन नआउने गरेको गुनासो गरे ।


एक होटलमा कार्यरत सन्तोष क्षेत्री भने यो दिवस आएर आफूलाई केही नहुने बताउँछन् । ‘‘कागलाई बेल पाक्नु र हामीलाई यो दिवस आउनु एउटै हो ।’’ उनी भन्छन्, ‘‘हाम्रा लागि यस्ता दिवसले हर्ष पनि दिँदैनन्, न त विस्मात नै दिन्छन् ।’’ यस्ता दिवसहरु आफूहरुका लागि नभएको उनको भनाइ छ ।
जिफण्ट कर्णाली प्रदेशका अध्यक्ष तेजप्रकाश जिसीले युनियन काँग्रेसलाई पनि साथमै ¥यालीको आयोजना गरौं भन्दा नमानेको बताए । ‘‘हामीले सबै संगठन मिलेर एकै ठाउँमा कार्यक्रम आयोजना गरेर दिवस मनाऔं भनेर उहाँहरुलाई पनि प्रस्ताव गरेका थियौं । तर उहाँहरुले मान्नुभएन ।’’ त्यस्तै, जिफण्टका केन्द्रीय उपाध्यक्ष विदूर कार्कीले मजदूरका पक्षमा कैयौं कानून बने पनि कार्यान्वयनमा समस्या रहेको बताए । त्यसका लागि आफूहरु निरन्तर लडिरहेको बताए । त्यस्तै, नेकपाका केन्द्रीय सदस्य तथा अखिल नेपाल टे«ड युनियनका कर्णाली प्रदेश इञ्चार्ज रामदिप आचार्यले काम गरि खाने पक्षको श्रम ठूला पूँजीपति वर्गले लुटेको भन्दै श्रमको उचित सम्मान र ज्याला हुनुपर्ने बताए । आचार्यले दुई तिहाईको वर्तमान सरकारले मजदूरहरुका माग सम्बोधन गरेर साँच्चिकै मजदूरका पक्षमा यो सरकार भएको अनुभूति दिलाउनुपर्ने धारणा राखे ।


मजदूरहरुको मुक्ती, निरन्तरको संघर्षबाट मात्रै सम्भव भएको उनको भनाइ थियो । कार्यक्रममा प्रदेश सरकारका वन वातावरण तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले प्रदेश सरकारले प्रदेशमै स्वरोजगार स्थापना गर्ने कार्यक्रम सञ्चालन गर्ने बताए । साम ाजिक विकास मन्त्रालयका सचिव डाक्टर मानबहादुर विकले प्रदेशले अब श्रम नीति ल्याएर मजदूरहरुका पक्षमा काम गर्ने बताए । क ार्यक्रम साम ाजिक िवक ास मन्त्रालयअन्तर्गत श्रम रा ेजगा र महाशाखाकी रेश्मा बुढाले सहजीकरण गरेकी थिइन् । कार्यक्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै मजदूरहरुको सहभागिता रहेको थियो । सभा अघि मजदूरहरुको ¥यालीले बजार परिक्रमा गरेको थियो ।
उता, नेपाली काँग्रेस पार्टी कार्यालयमा भएको कार्यक्रममा ट्रेड युनियन काँग्रेसका सुर्खेत अध्यक्ष गणेश कार्कीले केन्द्रले नै सँगै ¥याली ननिकाल्नु भनेका कारण अलग्गै निकालिएको बताए ।