२०७७ कार्तिक १५, शनिबार

सिद्धपाइलाको बाढी पीडितलाई झुल

सुर्खेत । सुर्खेतमा रहेको सिद्धपाईला यातायात सेवा प्रा.लि.ले मजदूर दिवसको अवसर पारेर बाढी पिडतलाई झुल तथा विद्यार्थीहरुलाई शिक्षण सामग्री हस्तान्तरण गरेको छ ।
‘‘हामीले महिला विकास केन्द्रमा रहेका बाढी पीडित १६ घरमा लागि प्रतिघर एक झुल वितरण गरेका छौँं ।’’ कम्पनीका अध्यक्ष पदम बनले भने, ‘‘यसका साथै कालिका मन्दिर वीरेन्द्रनगर नगरपाललिका वडा नं. ५ लाई पाँच थान कुर्सी, एक पेटी तेल र धुप तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. १० पिपिरामा रहेको मदरसा मदिना प्रा.वि.का १८ जना विद्यार्थीहरुलाई शिक्षण सामग्री वितरण गरेका छौँ ।’’ प्रा.लि.मा अहिले ६ सय रिक्सा चालक संगठित भएको बताउँदै रिक्सा चालकले नै प्रति व्यक्ति केही रकम जम्मा गरेर झण्डै २३ हजार बराबरको सामान वितरण गरेको उनको भनाइ छ ।