२०७७ कार्तिक ११, मंगलवार

‘प्रेसमाथि अंकुश नलगाऊ’

सुर्खेत । कर्णाली प्रदेशका पत्रकारहरुले सरकारले प्रेस स्वतन्त्रता माथि निर्ममतापूर्वक प्रहार गरिरहेको बताएका छन् । २८ औं अन्र्तराष्ट्रिय प्रेस दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले आयोजना गरेको प्रभातफेरि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले वर्तमान सरकार प्रेस विरोधी व्यवहार देखाउन तल्लिन रहेको बताए ।
‘‘विद्युतीय कारोबार ऐनका नाममा प्रेस स्वतन्त्रताको हनन् गर्ने प्रयास ‘प्रेसमाथि अंकुश नलगाऊ’ भएको छ । ’ ’ उनले भने, ‘‘स्वतन्त्रतापूर्वक पत्रकारले लेख्न पाउने हकलाई बन्देज गर्न पाइदैन, सरकारका े यो कदमका विरुद्ध महासंघ आन्दोलन गर्न तयार छ ।’’ उनले पत्रकार सत्ताको सधैं प्रतिपक्षमा रहने स्मरण गराए ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापाले सरकारले प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर्नुपर्ने माग गरे । ‘‘अहिले पत्रकारलाई थुन्ने, कारबाही गर्ने, समाचार लेखेकै भरमा जेल पठाउने परिपाटीको विस्तार भइरहेको छ ।’’ उनले भने, ‘‘सरकारले यस्ता कदम तत्काल रोक्नुपर्छ ।’’