२०७७ कार्तिक ४, मंगलवार

केपिएलको दोश्रो उपाधी पनि आर्मीलाइ

सुर्खेत । लगातार दोश्रोपटक त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग प्रतियोगिताको उपाधि आफ्नो पक्षमा पारेको छ । प्रतियोगिताको अघिल्लो संस्करणको उपाधीसमेत आर्मीले नै जितेको थियो ।
सुर्खेतको कालिञ्चोक मैदानमा सम्पन्न फाइनल ख ेलमा आर्मीले न्यू हा ेराइजन बुटवललाई ५९ रनले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो । जितसँगै आर्मीले ५ लाख रुपैयाँ हात पा¥यो भने न्यू होराइजनले २ लाख रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यू होराइजनका कप्तानसमेत रहेका शक्ति गौचन घोषित भए, जसले ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, उत्कृष्ट ब्याट्सम्यान कर्णाली–११ का रविन्द्रजङ्ग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

खेलमा टस जितेर ब्याटिङ्ग रोजेको आर्मीले पहिले ब्याटिङ्ग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रनको योगफल तयार गरेको थियो । आर्मीको लागि हरिबहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भिम शार्कीले अविजित २१ रन बनाए ।

न्यू होराइजनका बलर विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, विपिन खत्री र अखिलेश यादवले समान १÷१ विकेट लिए । १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्यो ।
होराइजनलाई रोक्न आर्मीका बलर जितेन्द्र मुखिया र शाहव आलमले ३÷३ विकेट तथा सुसन भारीले २ विकेट लिए । होराइजनको लागि विशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए । कर्णाली क्रिकेट एकेडेमीले आयोजना गरेको प्रतियोगिता बैशाख १२ देखि सुरु भएको थियो, जसमा कुल ८ टोली सहभागी रहेका थिए ।