२०७७ कार्तिक ५, बुधबार

कर्णालीको राजधानीमा नमाग्नुस् पानी, छैन यहाँ खानी !

शेरबहादुर थापा
सुर्खेत । कर्णाली प्रदेशको राजधानी यतिबेला काकाकुल भएको छ । राजधानीमा अहिले बुटवल, नेपालगञ्ज तथा अन्य सहरबाट पानी आयात हुने गरेको छ ।
‘‘होटलमा गएर पानी मागेको, जुस खानुस् भनेर व्यवसायी भन्छन् ।’’ स्थानीय दिपक शाही भन्छन्, ‘‘कोकभन्दा महङ्गो भयो कर्णालीमा पानी ।’’ उनले कर्णाली पानीको खानी भए पनि कर्णालीको राजधानीमा पानीको अभाव हुनु हाँस्यास्पद भएको बताए । ‘‘भन्ने बेला हामी पानीको खानी भएको प्रदेशको रुपमा बयान गर्छौं ।’’ शाही भन्छन्, ‘‘कर्णाली र भेरीमा पानी बगेको छ, राजधानीवासी पानीको चर्को मूल्य चुकाउन विवश छन् ।’’ उनले जुस पर्याप्त पाइने गरे पनि होटल तथा चिया नास्ता पसलमा पानी पाउन नसकिएको बताए ।


सुर्खेतमा रहेका पानी कम्पनीहरुमाथि जिल्ला प्रशासन कार्यालयले शिलबन्दी गरेपछिको अवस्था हो यो । बैशाख १५ गते मध्यपश्चिम वाटर एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. औद्योगिक क्षेत्र सुर्खेत र देउती दर्शन वाटर एण्ड वेभरेज इण्डष्ट्रिज प्रा.लि. पिपिरा, सुर्खेतमा शिलबन्दी गरेपछि राजधानीमा जारको पानी पाउन बन्द भएको हो । जारको पानी पाउन बन्द भएपछि उपभोक्ताहरु महङ्गीको मारमा परेका छन् । ‘‘पहिले १३० रुपैयाँमा १२ बोत्तल पानी पाउने गरेको थिया े ।’’ वीरेन्द्रनगरमा होटल व्यवसाय सञ्चालन गरिरहेका नमराज कठायतले भने, ‘‘पानी कम्पनीमा सिलबन्दी गरिएपछि अहिले १२ बोत्तलको मूल्य होलसेलमा २७० तिर्दा पनि पाउन छोडेको छ ।’’ विगतमा स ु र्ख े त बाहिर कापानी कम्पनीहरुले गोदाम राखेर पानी बिक्री गर्ने गरेको भएपनि अहिले भने हरेक होटलमा पानी सोझै पठाउने गरेका छन् ।
अहिले कर्णालीको राजधानीमा चितवनमा उत्पादन हुने पानी किन्ले, नेपालगञ्जको बेली, नवलप रासीमा उत्पादन हुने अक्वा फिना , आरोग्यजस्ता कम्पनीहरुको पानी भित्रिरहेको छ । बाहिरबाट पानी आयात गर्नुपर्दा उपभोक्ता त मारमा परेका छन् नै, त्यसैमा भनेको बेलामा जारको पानी नपाउँदा चर्को मूल्य तिर्नुपर्ने बाध्यता कर्णालीवासीलाई आइलागेको छ । यि पानीको गुणस्तर के छ भन्ने कुराको लेखाजोखासमेत कसैले गरेको देखिँदैन ।
बाहिर जिल्लाबाट आएका सबै पानी मापदण्ड अनुरुप छन् की विपरित छन्, स्वयम् जिल्ला प्रशासन कार्यालयले समेत ध्यान दिएको देखिँदैन । यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, सुर्खेतका खाद्य निरीक्षक भेषबहादुर थापा भने आफूहरुले पानी निर्देशिका बमोजिम काम गर्न कम्पनीहरुलाई निर्देशन दिएको बताए ।
‘‘हामीले पानी कम्पनीलाई विभिन्न निर्देशन दिएका छौँ ।’’ उनले भने, ‘‘सोही बमोजिम उहाँहरुले मापदण्ड पूरा गरेक ो खण्डमा हामी कम्पनी खोल्न अनुमति दिन तयार छौं । तर उहाँहरुले मापदण्ड पूरा नगरेसम्म कम्पनीमा लगाइएको सिलबन्दी खोल्ने पक्षमा हामी छैनौँ ।’’ निरीक्षक थापाको यो भनाइसँगै कर्णालीको राजधानीवासीले गर्मीयाममा थप पानीका े स ंकट व्यहोर्नुपर्ने बाध्यता आएको छ । सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता स ंस् थाक ा इञ्जिनियर बालाराम तिवारी भने खाने पानीको समस्या भएको बताउँछन् । ‘‘प्रतिसेकेण्ड १ सय ४५ लिटर आउन पानी खडेरीका कारण ९६ लिटरमा झरेपछि यो समस्यामा आएको हो ।’’ उनले भने, ‘‘वीरेन्द्रनगरमा १७ हजार धारा जडान गरिएको छ र पाँच हजार धारा जडानका लागि तयारीमा छन्’’, इञ्जिनियर तिवारीले थपे, ‘‘३३ हजार घरधुरीका लागि एक वर्षअघि ति धारा जडान गरिएका थिए ।’’
गत वर्षक ा े त थ्याङ्कअन ुसा र वीरेन्द्रनगरमा खानेपानी उपभोग गर्ने एक लाख ८१ हजार जनसंख्या रहेको जानकारी दिँदै उनले भने, ‘‘यसका लागि प्रतिसेकेण्ड १७८.५ लिटर पानी आवश्यक हुन्छ तर खडेरीले ८२ लिटर प्रतिसेकेण्ड पानी कम भएको छ भने खानेपानी उपभोग गर्ने संख्या करिब दुई लाख पुग्दैछ ।’’ इन्जिनियर तिवारीका अनुसार खानेपानी उपभोक्तामा दैनिक एक करोड ५४ लाख २२ हजार ४ सय लिटर पानी जानुपर्दछ तर आजभोली दैनिक ८२ लाख ९४ हजार ४ सय लिटर पानी मात्र जान्छ ।
यसलाई केलाउँदा ४६ प्रतिशत अर्थात् ७१ लाख २८ हजार लिटर पानी अहिले पनि वीरेन्द्रनगरमा अभाव रहेको संस्थाले जनाएको छ । तत्कालको समस्या समधानका लागि खानेपानी तथा सरसफाइ डिभिजन, सुर्खेत कार्यालयले सुर्खेत–रतु–दुन्दुरे खोलाबाट प्रतिसेकेण्ड २० लिटर पानी ल्याउन डिपिआर तयार गरी बोलपत्रको प्रक्रियामा रहेको र भेरीको पानी ल्याउन पनि डिपिआर तयार भइसकेको जनाएको छ । बढ्दो सहरीकरणले वीरेन्द्रनगरको खाने पानीमा भएको संकट समाधानको एकमात्र विकल्प भेरी नदीको पानी लिफ्टिङ परियोजना जतिसक्दो छिटो निर्माण गरेर सञ्चालनमा ल्याउनु हो । यसबाट प्रतिसेकेण्ड ३ सय ८० लिटर पानी ल्याउने दीर्घकालीन योजना निर्माणका लागि दुई अर्ब ९२ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।