२०७७ कार्तिक १५, शनिबार

‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान पुनः सुरु

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा मेरो वर्ष, म स्वस्थ, मेरो देश स्वस्थ अभियान पुनः सुरु गरिएको छ । नगरपालिकाको सामाजिक विकास संयोजक यमुना नेपालीले सो अभियानको पुनः थालनी गरेकी हुन् ।

२०७४ सालमा सो अभियान थालिए पनि अहिले परिमार्जन गरेर पुनः सुरु गरिएको छ । व्यक्ति स्वस्थ भएपछि मात्रै देश स्वस्थ हुने मूल उद्देश्यले यो अभियान थालिएको संयोजक नेपालीले बताइन् । नगरपालिकाका जनस्वास्थ्य प्रबद्र्धन उपशाखाका संयोजक उदय थापाले अघिल्लो वर्ष पाँच बुँदामा अभियान थालिएकोमा यस वर्ष तीन वटा थप गरी आठ वटा बुँदा राखेर पुनः अभियान थालिएको जानकारी दिए ।

‘म धुमपान गर्दिन, म मद्यपान गर्दिन, म शारीरिक व्यायाम गर्छु, सन्तुलित भोजन गर्छु, घरआँगन सफा राख्छु’लगायतका आठ वटा बुँदा सो अभियानमा राखिएको छ ।

एक वर्षे अभियानमा उच्च प्राथमिकतामा रोगहरुको पहिचान गर्ने, विद्यालय तहमा नसर्ने ठूला रोगहरुका विभिन्न शिविरहरु चलाउनेजस्ता जनचेतनामूलक क ार्यक्रमलाई व्यापकता दिइन संयोजक थापाले बताए ।

सन् २०२५ भित्र नसर्ने रोगको जोखिम २५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । यसैबीच, वीरेन्द्रनगर नगरपालिकाले तीन महिनाको अवधिमा नसर्ने कडा रोगका ३८ जना बिरामीलाई जनही ३८ लाख रुपैयाँ सहयोगको सिफारिस गरेको छ ।

गत माघ २८ गतेदेखि यही बैशाख ‘म स्वस्थ… १९ गतेसम्म १६ महिला र २२ पुरुष गरी ३८ जना बिरामीलाई नगरपालिकाले सहयोग सिफारिस गरेको हो । नगरपालिकाले मिर्गाैला रोगका ४ महिला र ५ पुरुष गरी ९ जना, क्यान्सरका ८ महिला र ७ पुरुष गरी १५ जना, मुटुरोगका ४ महिला र ९ पुरुष गरी १३ जना र ब्रेन ट्युमरका एक बालक गरी ३८ जनालाई एक लाख सहयोगको सिफारिस गरिएको वीरेन्द्रनगर नगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन उपशाखाका सह–संयोजक सीता शर्माले जानकारी दिइन् ।