२०७७ कार्तिक ३, सोमबार

उत्कृष्ट उत्पादक नायक–नायिका घोषणा गर्दै कर्णाली सरकार कृषकको नाममा अनुदानमा मनपरी गर्न नदिइने

सुर्खेत । कर्णाली प्रदेश प्रदेश सरकारले उत्कृष्ट उत्पादक नायक–नायिका घोषणा गर्न लागेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्गानिक वस्तु उत्पादनमा उत्कृष्ट कार्य गर्ने दुई जना व्यक्तिलाई नायक–नायिका घोषणा गर्न लागेको हो ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी

अर्गानिक वस्तु उत्पादनमा कृषकहरुलाई हौसला दिन उत्कृट उत्पादन नायक–नायिका घोषणा गर्न लागेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिए । सरकारको लक्ष्य अर्गानिक उत्पादनलाई प्रबद्र्धन गर्न कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै मन्त्री केसीले अर्गानिक खेतीमा लागिराख्नु भएका दुई उत्कृष्ट उत्पादकलाई पुरस्कृत गर्ने तयारी गरेको बताइन् ।

अर्गानिक खेतीतर्फ कृषकलाई आकर्षित गर्न यो अभियानले थप सहयोग पुग्ने अपेक्षा केसीको छ । मन्त्रालयले उत्कृष्ट उत्पादक नायक–नायिका छनौट गर्न कार्यविधि नै बनाएको छ । सोही कार्यविधि अनुसार प्रतिस्पर्धाबाट प्रदेशबाट दुई जना उत्कृष्ट नायक–नायिका सरकारले घोषणा गर्नेछ । मन्त्रालयले अर्गानिक विशेष कार्यक्रमतर्फ ७० लाख बजेट विनियोजन गरेको छ ।

मन्त्री केसीले कृषकको नाम बेचेर अनुदानको रकममा मनपरी गर्नेको दादागिरी अन्त्य भएको बताइन् । उनले माथिदेखि तलसम्म सेटिङ गरेजस्तो देखिने तर कृषकले अनुदान रकम कहिल्यै नपाउने संस्कारको अन्त्य गर्न लागेको उनले जानक ारी दिइन् ।

प्रदेशस्त रीय अनुसन्धान केन्द्रलाई उच्चतम उपयोग गर्न स्रोत साधनमा अब्बल बनाइने र थप खोल्ने तयारीमा रहेको उनको भनाइ छ । कर्णालीमा प्राङ्गारिक विशेषज्ञ राख्ने गृहकार्यमा मन्त्रालय लागेको बताए । भारीले उत्पादन र उत्पादकत्व क्षेत्र बढाउन कृषक लक्षित विशेष कार्यक्रम लागू गर्ने उल्लेख गरे ।

उनले सिँचाई कृषिको मेरुदण्ड भएकाले मन्त्रालय मातहत ल्याउने गृहकार्य सुरु गरिएको बताए । कृषकले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र संकलन गर्न छोटो दुरीका कृषि सडक योजनाहरुलाई विशेष प्राथमिकतामा मन्त्रालयले राखेको उल्लेख गरे ।
६ दिनसम्म सञ्चालन भएको तालिममा कर्णालीका १० जिल्लाका कृषकहरुको उपस्थिति थियो । तालिम कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रले आयोजना गरेको केन्द्रका निमित्त प्रमुख पूर्णलाल सापकोटाले जानकारी दिए ।