२०७७ कार्तिक ५, बुधबार

जिल्ला समन्वयको डोजर दुई वर्षदेखि अलपत्र

जाजरकोट । जिल्ला समन्वय समिति, जाजरकोटको डोजर २ वर्षदेखि अलपत्र परेको छ । साबिकको जिल्ला विकास समितिले आर्थिक वर्ष ०६७÷६८ मा डोजरका लागि ८४ लाख ४३ हजार १ सय ५० रुपैयाँ र ब्रेकरका लागि २४ लाख ७० हजार ८ सय ८७ रुपैयाँ बजेट विनियोजन गरेर खरिद गरेको डोजर जिल्लाको जुनिचाँदे गाउँपालिका–१ काभ्रामा २ वर्षदेखि अलपत्र परेको हो ।

तत्कालीन जिविसबाट सञ्चालन हुने सडक लगायतका भौतिक पूर्वाधार निर्माणमा सहजता हुने भन्दै खरिद गरिएको डोजर समयमा मर्मत नहुँदा प्रयोगविहीन भएको बताइएको छ ।