२०७७ कार्तिक १५, शनिबार

बाली भित्रायाउँदै किसान

मुगुका औंलबस्तीका किसानले बाली भित्र्याउन सुरु गरेका छन् । जौ, गहुँलगायत बाली भित्र्याउन किसान व्यस्त बनेका हुन् ।

कार्कीबाडा, चैन, सुकमढिक, गम्था, सेरी, फोतु लिब्रु, नार्थपु गुल्मा, जिमासिपलगायत बस्तीका किसानलाई बाली भित्र्याउन भ्याइनभ्याइ भएको हो । यार्साको सिजन नजिकिदै जाँदा किसानलाई बाली भित्र्याउने चटारो भएको छ ।

यस वर्ष अत्यधिक हिमपातसँगै समय अनुकूल वर्षा भएकाले बाली सप्रिएको किसानको भनाइ छ । यस वर्ष अन्न उत्पादन बढ्ने देखिएको किसानले जनाएका छन् ।