२०७७ मंसिर १५, सोमबार

‘नयाँ शक्तिले भ्रमात्मक प्रचार ग¥यो’

n
नेकपा माओवादी केन्द्र सुर्खेतका सचिवालय सदस्य विष्णु हमाललाई नयाँ शक्ति पार्टीका केही व्यक्तिहरुले आफ्नो पार्टीमा प्रवेश गरेको भन्दै भ्रमात्मक प्रचार गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई प्रभाव पार्नका लागि नयाँ शक्तिका व्यक्तिहरुले कपोकल्पित रुपमा आफूलाई नयाँ शक्तिमा समाहित भएको भनी सामाजिक संजालमा भ्रमात्मक प्रचार गरेको भन्दै हमालले खण्डन गरेका छन् । उनले आफू माओवादी केन्द्रमै रहेको भन्दै नयाँ शक्तिका केही व्यक्तिहरुले हावादारी र आफ्नौ नैतिक पतन हुने गरी प्रचार गर्नु गैर राजनीतिक स्वभाव र प्रबृति भएको बताए ।
नयाँ शक्तिका केही कार्यकर्ताहरुले नक्किली विज्ञप्ति बनाएर हमाल नयाँ शक्तिमा प्रबेश गरेको भनी सामाजिक संजालमा प्रचार गरेका थिए ।