२०७७ कार्तिक ७, शुक्रबार

सिम्तामा घुम्ती कक्षा सञ्चालन

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा प्रारम्भिक कक्षा सुधारका लागि पढाई कुना कार्यक्रम सञ्चालन भएको छ ।

विद्यार्थीसँगै उक्त कार्यक्रम घरमै पुगेर अभिभावकलाई प्रशिक्षित पार्ने काम गरिएकोछ । सिधै विद्यालयमा बालबालिका पठाउँदा उनीहरुको मात्रा तथा शब्द नचिन्ने भएपछि यो विधि अवलम्बन गरिएको हो ।

घरमा बालबालिकाको पढ्ने, खाने, खेल्ने, सुत्ने कोठा, किताब कापीको व्यवस्थापन लगायतका कुरामा पहिला ध्यान दिएको छ ।

उनीहरुको पढाईलाई व्यवस्थित पार्न अभिभावकलाई सचेतीकरण गर्ने काम गरिएको छ । अभिभावक र बालबालिकालाई सँगै राखेरसमेत आधारभूत सिकाईका प्रावधानलाई बढी जोड दिने गरिएको छ ।

प्रारम्भिक स्तरमा बालबालिकाको पढाई सुधार्नका लागि सिम्ता गाउँपालिकाको २५ लाखभन्दा बढी भौतिक पूर्वा धा र सुध ा र र यूएसआइडीको सहया ेगमा उक्त कार्यक्रम लागू गरिएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार कुमार के.सी.ले जानकारी दिए ।

गाउँपालिका, यूएसआइडी र नेपाल सरकारको संयुक्त आयोजनामा प्रारम्भिक कक्षा १ देखि ३ सम्मका बालबालिकाको सिकाई स्तर बृद्धिका लागि कक्षा, घर र टोल–टोलमै पुगेर सहयोगी शिक्षक, स्वयंसेवक र प्रशिक्षकले अभिभावक, विद्यार्थीलाई पढाउने काम गरेका छन् ।

सिम्ता गाउँपालिकाका २२ वटा विद्यालयका २२ सय बालबालिकाले यो सिकाईबाट लाभ लिइरहेको गाउँ शिक्षा शाखा प्रमुख ज्योती गैरेले जानकारी दिए ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको घर–घरमै पुगेर यो कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।

पढ्न रुचि नदेखाउने, आफ्ना छोराछोरीलाई पढ्न चासो नदिने अभिभावकलाई समेत यो कार्यक्रमले सचेत पारेको इजी आरपी स्व ंसेवक शिक्षक डबल बि.सी.ले बताए ।