२०७७ कार्तिक ५, बुधबार

कर्णालीमा झण्डै ३० अर्ब बराबरको बजेट ल्याईदै

सुर्खेत । कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७६÷०७७ का लागि बजेट तथा नीति तथा कार्यक्रम बनाउन तीब्रताका साथ लागिरहेको छ ।

केही दिन अघि मात्रै हुम्ला जिल्लामा आगामी वर्षको बजेट कस्तो बनाउने भन्ने विषयमा सुझाव ग्रहण गरेको प्रदेश सरकारले िवभिन्न निकायसँग आगामी बजेटका बारेमा सुझाव लिने कार्यमा तीब्रता दिएको हो ।

श्रोतका अनुसार गत वर्ष झण्डै पाँच अर्ब घाटा बजेट ल्याएको प्रदेश सरकार यो वर्ष घाटा बजेट नल्याउने पक्षमा रहेको बताइएको छ । सरकारले आगामी असार १ गते बजेट सार्वजनिक गर्नेछ भने आगामी जेठ १० गतेदेखि प्रदेश सभाको बजेट अधिवेशन आव्हान् गरिसकिएको छ ।

चालु आर्थिक वर्ष घाटा बजेट ल्याएको प्रदेश सरकारले आगामी वर्षका लागि संयमित भएर गृहकार्य थालेको हो । चौतर्फी आलोचित बनेको प्रदेश सरकार अहिले महत्वाकांक्षी बजेट नल्याउने योजनामा देखिन्छ रहेको योजना आयोग सम्बद्ध श्रोतले दावी गरेको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि झण्डै ३० अर्बको बजेट ल्याउने आर्थिक मामिला तथा योजना सचिव सन्तबहादुर सुनारको भनाइ छ । चालु आर्थिक वर्षको तुलनामा २ देखि बढीमा ४ अर्बसम्म मात्रै बढाउने योजनामा छ प्रदेश सरकार ।

गएको वर्ष सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार बराबरको बजेट ल्याएको थियो । तर प्रदेश सरकारले महत्वाकांक्षी बजेट भनेर दावी गर्दै आए पनि कार्यान्वयन गर्न नसक्दा सरकारको चर्को आलोचना भइरहेको छ । ‘‘हामी चालु आर्थिक वर्षको जस्तो महत्वाकांक्षी बजेट ल्याउँदैनौँ ।

संयमित भएर अहिले गृहकार्यमा जुटेका छौँ’’, हाम्रो नयाँ नेपाल दैनिकसँग कुरा गर्दै उनले भने, ‘‘स्रोत अनुमान समितिका अनुसार आगामी वर्षका लागि ३० देखि अधिकतम ३२ अर्बसम्मको यथार्थ बजेट ल्याउने गृहकार्य भइरहेको छ । असार १ मै बजेट भाषणको तयारी छ ।’’

कुनै स्रोत र साधनको निक्र्यौल नगरेरै बजेट ल्याउँदा क ार्यान्वयनमा समस्या देखिएको बताए । जसले गर्दा पनि हाल प्रदेश
सरकार अध्ययन अनुसन्धान गरेर बजेट ल्याउने तयारीमा रहेको बताए ।

‘‘गएको वर्षम अनुभव नभएर पनि हो । बजेट ल्याउँदा नै घाटा बजेट आयो ।’’ उनी भन्छन्, ‘‘सरकारको स्रोत साधन र राजश्व सङ्कलनको आधारलाई ख्याल नै नगर्दा पनि बजेटमा आलोचित हुनु परेको थियो । अबको बजेट अध्ययन, अनुसन्धान गरेर प्रदेशका े स्रोत साधनलाई मध्यनजर गरेर अहिले नै बजेटको तयारीमा लागेका छौँ ।

हामीले कार्यान्वयन गर्न सक्ने यथार्थ बजेट ल्याउने कोसिसमा छौँ ।’’ चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ बजेट ल्याएको थियो । जसमध्ये करिब ३ अर्ब ७ करोड मात्रै खर्चेको छ भने विकास बजेटतर्फ एक अर्ब ९३ करोड ८३ लाख मात्र खर्च गरेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ को बाँकी तीन महिनाका लागि प्रदेश सरकारले १ अर्ब २० करोड ५० लाखको बजेट ल्याएकोमा ५० करोड ६ लाख रुपैया ँ आर्थिक वर्ष ०७५÷०७६ का लागि बाँकी थियो ।