२०७७ कार्तिक ११, मंगलवार

सबै राज्य हौँ भन्ने नठानेसम्म सम्बृद्धि हासिल हुुँदैनः सभामुख

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले राज्य अलग्गै र जनता अलग्गै भन्ने भ्रम नत्यागेसम्म देशमा समृद्धि नआउने बताएका छन् । शुक्रबार इन्सेक नेपालद्वारा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्य भनेको यहाँका सबै जनता, नागरिक समाज भएको बताए ।


इन्सेक नेपालद्वारा आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै
कर्णाली प्रदेशका सभामुख राजबहादुर शाही

‘‘हामीले सबै राज्य हौं भन्ने नठानेसम्म समद्धि हासिल हुँदैन ।’’ उनले भने, ‘‘सम्पूर्ण नागरिक नै परिवर्तनको आधार हो । नागरिकको एकताको बलमा नै सम्बृद्धि ल्याउन सकिन्छ ।

जतिसुकै ठूलो कुरा जसले गरेपनि सम्बृद्धि हासिल गर्नुपर्ने हाम्रो बाध्यता हो ।’’ सभामुख शाहीले सम्पन्नताले नै अरु कुराको निर्णय बताए । सम्बृद्धिको पहिलो आधार भनेकै आर्थिक रुपमा सम्पन्नता नै रहेको उनको भनाइ छ ।

सभामुख शाहीले मानवअधिकार लगायतको अधिकार काल्पनिक भएपनि नभइ नहुने बताए । ‘‘हामी विभिन्न अधिकारको बारेमा कुरा गर्छौं । ती सबै काल्पनिक भए तापनि मानव जीवनका लागि नभइ नहुने चीज हुन् ।’’ उनले भने, ‘‘यो निरन्तर बहसको विषय बनेको छ । यसलाई सकारात्मक ढङ्गले बुझ्नुपर्छ ।’’ सभामुख शाहीले कुनै पनि सरकारले संविधानभन्दा माथि वा बाहिर गएर काम गर्न नहुने बताए ।

‘‘जनताले कार्यकारी पदमा निर्वाचित गरेर पठाएका हुन् । जनप्रतिनिधिलाई राम्रो काम गर्ने अनुमति दिएका हुन् ।’’ उनले भने, ‘‘संविधानले स्पष्ट बाटो देखाएको छ, त्यहीअनुरुप अघि बढ्नुको विकल्प छैन ।’’ विभिन्न संघसंस्थासम्बन्धी प्रदेश सरकारले सदनमा विधेयक ल्याए पनि आफूले फिर्ता गरेर पठाएको बताए । ‘‘सरकारले संघसंस्थासम्बन्धी विधेयक ल्याएको थियो सदनमा दर्ता गर्न ।’’ उनले भने, ‘‘त्यो विधेयक प्रदेश सरकारले ल्याउन नपाउने हुँदा हामीले फिर्ता पठाइदिएका हौँ ।’’ प्रदेश सरकारले संघसंस्था दर्ता गर्न, अनुगमन गर्न र नियमन गर्न नपाउने बताउँदै कार्यविधि बनाएर भने सहकार्य गर्न सक्ने विकल्प रहेको उनको भनाइ छ ।

उनले लोकतन्त्रको मान्यतालाई आत्मसाथ गर्नुपर्ने बताउँदै स्वतन्त्रता र स्वच्छन्दता फरक कुरा हुन् भन्ने बुझ्न जरुरी रहेको बताए । उनले संघीय संसदमा सरकारले ल्याएको मिडियासम्बन्धी विधेयकमा थप छलफल भई त्यसले पूर्ण प्रेस स्वतन्त्रता सहितको विधेयक पारित हुने विश्वास व्यक्त गरे ।
उपसभामुखको विवादास्पद भनाईः पत्रकारलाई नियमन गर्नुपर्छ

कार्यक्रमलाई सम्बा ेधन गर्दै उपसभामुख पुस्पा घर्ती विष्टले पत्रकारलाई नियमन गर्न आवश्यक रहेको बताएकी छिन् ।
संघीय सरकारले सदनमा पेश गरेको विधेयकलाई लक्षित गर्दै उनले पत्रकारलाई राज्यले नियमन गर्नुपर्ने दावी गरेकी हुन् ।

उनले बुझाई फराकिलो हुन नसकेको कारण समस्या भएको बताइन् । वर्गीय समाजका कारण पनि बुझाइमा एकरुपता नआएको उनको भनाइ थियो । ‘‘कुनै पनि समुदायको नागरिकले आफ्नो भाषा प्रयोग गर्न पाउन नसकिरहेको अवस्था छ ।’’ उनले भनिन्, ‘‘जसले गर्दा पनि कतिपय समुदायका नागरिक पछि परेका छन् ।’’

मानवअधिकारको हनन् अधिकांश दलित समुदायमा भएको भन्दै यसप्रति आमसरोकारवाला पक्ष सचेत हुनुपर्ने उनको भनाइ थियो । नेकपाका प्रमुख सचेतक गुलाबजङ्ग शाहले कर्णालीमा आउने संघसंस्था विकास निर्माण केन्द्रित हुनुपर्ने बताए ।

जस्ता पायो त्यस्ता संघसंस्थाले जनतालाई उल्टा े सिकाएक ा े र विदेशबाट ल्याएको जनताको नाउँको बजेट कुम्ल्याएर हिँड्ने गरेको पाइएको उनको भनाइ छ ।