२०७७ माघ ९, शुक्रबार

विप्लव निकट विद्यार्थीद्वारा तालाबन्दी

bimal-1सुर्खेत, भदौ ५ । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले विभिन्न माग राख्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियू निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।

राजनीतिक भागबण्डाको आधारमा नियुक्त भएका पदाधिकारीहरुले स्ववियु चुनाव आ–आफ्नो पार्टीको पक्षमा पार्नको लागि काम गरेको, विद्यार्थीको मतदाता नामावाली रातारात परिवर्तन गरेको आरोप क्रान्तिकारीले लगाएको छ ।

यस्तै, आर्थिक चलखेलका आधारमा नयाँ विद्यार्थी भर्ना गरिएको र नियमित अध्ययनरत विद्यार्थीलाई चुनावमा भाग लिनबाट बञ्चित गरिएकोले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्नुपरेको क्रान्तिकारीका केन्द्रीय सदस्य चक्र बिसीले जानकारी दिए ।

अहिलेकै निर्वाचन समितिले स्वतन्त्र र निष्पक्षरुपमा स्ववियु निर्वाचन गर्न नसक्ने भएकोले यो समिति विगठन गरी निष्पक्ष समिति गठन गर्नुपर्ने माग आफ्नो संगठनको रहेको उनले बताए । केही पदाधिकारीको भागबण्डाको आधारमा रातारात भर्ना गरिएका विद्यार्थीको छानबिन गरी वास्तविकता बाहिर ल्याउनुपर्ने माग पनि अखिल क्रान्तिकारीको छ ।

केन्द्रीय सदस्य बिसीले यसअघि आफ्नो संगठन र विश्वविद्यालयबीच भएको सहमति कार्यान्वयन नभएको र कार्यान्वयन गर्न पदाधिकारीले आलटाल गरेको गुनासोसमेत गरे ।