२०७७ कार्तिक १४, शुक्रबार

बिरामीलाई १५ लाख राहत वितरण

रुकुम पश्चिम । सानीभेरी गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा प्राकृतिक प्रकोप पीडित, अति गरिब र बिरामीको उपचार खर्च गरी जम्मा १५ लाख रकम वितरण गरेको छ ।

यस आर्थिक वर्षमा प्राकृतिक प्रकोपअन्तर्गत बाढी पहिरो, आगलागी, चट्याङमा परेर मानवीय तथा धनजनको क्षति भएका गाउँपालिका भित्रका ७१ घर परिवारलाई ७ लाख ३९ हजार ४ सय रकम वितरण गरिएको विपद् व्यवस्थापन समिति अन्तर्गतका े मूल्याङ्कन कमिटीका संयोजक तथा गाउँपालिकाका इन्जिनियर मोहनकुमार ओलीले बताए ।

त्यस्तै, बिरामी उपचार सहयोगका लागि आर्थिक सहायता रकम पनि वितरण गरिएको छ । जसमा ८ जना बिरामीहरुलाई २ लाख ६५ हजार रकम वितरण गरिएको छ । मिर्गौला फेल भएका, रगत क्यान्सर, मुटुरोगीजस्ता ठूला बिरामीलाई सो रकम वितरण गरिएको हो ।