२०७७ कार्तिक ७, शुक्रबार

कर्णाली प्रदेश सभाको चौंथो अधिवेशन सुरु, सबैलाई समेटेर लैजान सरकारलाई सुझाव

सुर्खेत । कर्णाली प्रदेश सभाको चौंथो अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । अधिवेशनको सुरुवातमै सत्ता पक्ष तथा प्रतिपक्षले सरकारको कामप्रति असन्तुष्टि जनाएका छन् ।

सत्तापक्षका नेता यामलाल कँडेलले सरकारको विरुद्धमा बाहिर बजारमा आएका हल्लाले नेकपालाई असर पार्ने भन्दै त्यसतर्फ सचेत रहन आग्रह गरेका छन् । ‘‘बाहिर जेठ महिनाको चर्को गर्मीको रापताप तातो छ । सरकारले आफ्नै बलबुतामा अघि बढ्नुपर्ने बाध्यता आइसकेको छ ।’’ प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसतर्फ इङ्गित गर्दै उनले भने, ‘‘अरुका लागि नेकपा भन्ने स्थान छ तर नेकपाका लागि अबको पाँच वर्षपछि त्यस्तो भन्ने स्थान नै छैन ।’’ जसरी हुन्छ काम गर्न सरकारलाई उनले सुझाए ।

‘‘सुरुवातमा हामी ३३ जनाले जस्तो उत्साह आम क र्णालीवासीलाई देखाएका थियौं । हामी जुन तरिकामा उत्साहित थियौं ।’’ नेता कँडेलले भने, ‘‘त्यही रफ्तारमा सरकार अघि बढन जरुरी छ । त्यसका लागि सांसदहरुसँग आवश्यक परामर्श गर अघि बढ्न सरकारलाई अनुरोध छ ।’’ उनले सत्ता पक्ष या प्रतिपक्ष जो भएपनि सरकारको हिसाब माग्नै पर्ने बताए । ‘‘सरकारले राम्रो गरेका छ या छैन त्यो हिसाब माग्ने अधिकार हरेक संसदको छ ।’’ उनले भने, ‘‘त्यसका लागि सरकार सधैँ तयार नै हुनुपर्छ ।’’

जनताले अहिले कुनै निवेदन ल्याउँदा सांसदको सिफारिस अनिवार्य ल्याउन भनिएको बताउँदै संसदको सिफारिस विनामा पनि निवेदन लिने व्यवस्था मिलाउन सरकारलाई सुझाव दिए । सदनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले केही पनि काम गर्न नसकेको आरोप लगाए ।

‘‘जम्मा १२ प्रतिशत मात्रै बजेट खर्च भएको पाइएको छ । बजेट खर्च नगरी बचाएर कस्तो समृद्धि हो ल्याउन खोजेको कर्णाली सरकारले

मर्यादापालकद्वारा दुव्र्यवहार

यसैबीच, शुक्रबार बसेको बैठकमा अवलोकन गर्न आएकी राष्ट्रिय सभा सदस्य कविता बोगटीले मर्यादापालकले आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी छिन् । ‘‘लोगोसहित बैठकको दर्शकदीर्घामा बस्दा मर्यादापालकले तीन÷चार पटक दुव्र्यवहार गरे ।’’ उनले भनिन्, ‘‘गर्मी भएका कारण जुत्तामाथि नै खुट्टा राखेको निहँुमा अभ्रद्र व्यवहार गरे ।’’ उनले यसबारेमा सभामुखले मर्यादापालकलाई ध्यान दिन निर्देशन गर्नुपर्नेमा जोड दिइन् ।
‘‘राष्ट्रिय सभामा हरेक बैठकमा चाहे त्यो दलकै प्रतिनिधि बोल्ने भएपनि समय तोक्ने गरिएको छ ।’’ उनले भनिन्, ‘‘तर यहाँ पट्यारलाग्दो भाषण गर्ने परम्परा रहेछ ।

यसलाई सुधार गर्न जरुरी छ ।’’ अन्य हकमा संसदहरु अनुशासित भएर बसेका, राष्ट्रिय सभा भन्दा बढी सभ्य तरिकामा सदन चलेको आफूले पाएको उनको भनाइ छ । उनले संघीय जनप्रतिनिधिका लागि अलग्गै स्थान बनाउन जरुरी रहेको बताइन् ।

संसदको अर्को बैठक जेठ १३ गते दिउँसो तीन बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।