२०७७ मंसिर ९, मंगलवार

सुर्खेत महिला जेसीज सप्ताह सुरु

jciसुर्खेत, भदौ ५ । सुर्खेत महिला जेसीजले शनिबारदेखि आफ्नो जेसीज सप्ताह सुरु गरेको छ । एक वर्षे कार्यकालमा हरेक वर्ष हुने जेसीज सप्ताह औपचारिकरुपमा शनिबारदेखि सुरु गरिएको सुर्खेत महिला जेसीजले जनाएको छ ।

श्निबार एक कार्यक्रमका बीच सप्ताहको उद्घाटन गरिएको छ । नेपाल जेसीज वर्ष–२००५ का अध्यक्ष जेसीआई सिनेटर गेहेन्द्रप्रसाद दहालको प्रमुख आतिथ्यता तथा सुर्खेत महिला जेसीज वर्ष–२०१६ का अध्यक्ष प्रतिमा मल्लाहाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

उद्घाटन कार्यक्रमसँगै पहिलो दिन उत्प्रेरणा तथा नेतृत्वसम्बन्धी तालिम पनि सम्पन्न भएको छ । तालिममा जेसिआई सिनेटर दाहालले प्रशिक्षण दिएका थिए ।

यसैबीच, एक हप्ताको अवधिमा सुर्खेत महिला जेसीजले विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । जसअनुसार आज (आइतबार) बिहान वीरेन्द्रचोकमा रक्तदान कार्यक्रमको आयोजना गरिने अध्यक्ष मल्लाहाले जानकारी दिइन ।

कार्यक्रममा वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव शम्भु पन्तलगायत वीरेन्द्रनगर जेसीज, सुर्खेत महिला जेसीज र वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्षहरु र वर्तमान अध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।