२०७७ कार्तिक १४, शुक्रबार

कर्णालीमा सम्बृद्धिको योजना

कर्णाली खासगरी नकारात्मक सूचकाङ्कले परिभाषित प्रदेश हो । यसका प्रशस्त सम्भावना हुँदाहुँदै पनि नकारात्मक सूचकहरूले चिनाइने प्रचलन छ । कर्णाली प्रदेशको आफ्नै महत्व आफ्नै सम्भावना र आफ्नै यसका प्रभावहरू छन् । कर्णाली प्रदेशलाई हामीले सुधार गर्नुपर्ने पनि धेरै छन् । तर पनि अहिले भएका नकारात्मक कुराहरूलाई हामी कुनै पनि हालतमा तत्कालै सच्याउन सक्दैनौ ।


यसका लागि हामीले ठूलै मेहनत गर्नुपर्ने हुन्छ । कर्णालीका विभिन्न समस्याहरू छन्, त्यसमा हामीले सबैभन्दा धेरै लड्नुपर्ने समस्या यहाँको गरिबी, भोक र रोग नै हो । यसैमा होस्टेमा हैसे गरेर कर्णालीका खराब सूचकाङ्कहरूमा लड्ने प्रयास भइरहेको छ ।
कर्णाली प्रदेशमा रहेको गरिबीलाई आगामी सन् २०३० सम्म ४.९ मा झार्ने लक्ष्य दीगो विकासले लिएको छ । कर्णालीमा हाल ३६.५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन् । नेपालभरी यस्ता गरिबको संख्या २१.६ प्रतिशत रहेको बताइएको छ । दीगो विकास लक्ष्यसम्बन्धी कार्यक्रममा कार्य पत्र प्रस्तुत गर्दै ज्ञानचन्द्र आचार्यले बहुआयामिक गरिबी सूचकाङ्कमा भने कर्णालीमा ५१.२ प्रतिशत जनता बाँच्न बाध्य भइरहेको जानकारी दिए ।

उनले हाल कर्णालीका जनताको प्रतिव्यक्ति आय ६ सय ७७ डलर रहेको र देशको भने १०१२ डलर रहेको बताउँदै आगामी सन् २०३० सम्ममा २५ सय पु¥याउने गरी लक्ष्य लिइएको उनको भनाइ छ । कर्णाली प्रदेशले अहिले राष्ट्रिय बजेटमा सरकारी राजश्व (कूल ग्राहस्थ उत्पादनको प्रतिशत) २० प्रतिशत योगदान दिँदै आएकोमा दीगो विकास लक्ष्यअनुसार यसलाई बढाएर तीस प्रतिशत पु¥याउने योजना छ । अब यसको प्रभाव क्षेत्र बढाउन र कर्णालीको समग्र विकासका लागि हामीले योगदान पु¥याउनुपर्ने कुराहरू धेरै छन् ।
यसका लागि हामीले सचेततापूर्वक कर्णालीको विकास र सम्बृद्धिको योजनामा सघाउ पु¥याउनुपर्ने छ ।