२०७७ कार्तिक ११, मंगलवार

विनियोजन विधेयक प्रस्तुत

सुर्खेत । कर्णाली प्रदेश सभाको चौंथो अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ । बैठकमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले विनियोजन विधेयक, २०७६ का सिद्धान्त, उद्देश्य प्राथमिकता, र प्रमुख नीतिहरु सभामा पेश गरी छलफलका लागि प्रस्ताव गरेका थिए ।

विनियोजन विधेयकमाथि छलफलका लागि आज (मंगलबार) र भोलि (बुधबार)को समय निर्धारण गरिएको छ ।

संसदको अर्को बैठक जेठ १४ गते दिउँसो तीन बजे बस्ने सभामुख राजबहादुर शाहीले जानकारी दिए ।