२०७७ माघ ८, बिहीबार

परिवार नियोजनसम्बन्धी तिज गीत प्रतियोगिता सम्पन्न

logosसुर्खेत, भदौ ५ । ‘परिवार नियोजन स्मार्ट बन्छ जीवन’ भन्ने उद्देश्यका साथ तिज गीत प्रतियोगिता शनिबार बाबियाचौरमा सम्पन्न भएको छ ।
एचसिथ्री, आवाज, आशा सञ्जालको सहयोग, गाविस कार्यालय बाबियाचौर, एकता फाउण्डेशन र ग्रामीण एकता युवा सञ्जाल बाबियाचौरको समन्वयमा कार्यक्रम गरिएको हो । गाविस स्तरीय महिला सञ्जाल बाबियाचौरको आयोजनामा भएको कार्यक्रममा ५ सयभन्दा बढीको सहभागिता रहेको थियोे ।

बाबियाचौरमा रहेका विभिन्न समूह तथा संघसंस्थाका गरी ९ ओटा समूहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम मालती आमा समूह, द्वितीय इलाका स्तरीय आशा सञ्जाल, तृतीय समाज सुधार शान्ति युवा समूह, सान्त्वना बरपीपल आमा समूह भएको थियोे ।

कार्यक्रममा सहभागीलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा जन्मान्तर, परिवार नियोजनका साधनका बारेमा गीत तथा नाच प्रस्तुत गरिएको थियो । आवाजका सामाजिक परिचालक कोकीला कठायतले स्वागत मन्तव्य गरेकी हुन् । कार्यक्रममा इलाका प्रशासन कार्यालय, बाबियाचौरका शाखा अधिकृत नन्दा पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला सञ्जालका अध्यक्ष कमला पौडेलले अध्यक्षता गरेका थिए ।

राजनीतिक दल, समाजसेवी, संघसंस्थाका प्रतिनिधि, महिला समूह, आमा समूह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बेला थापाले गरेका थिए ।