२०७७ कार्तिक ४, मंगलवार

कर्णालीमा उत्पादन र रोजगारमुखी नीति कार्यक्रम ल्याउन संघीय सांसदहरूको सुझाव

सुर्खेत । कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय संसदहरुले १० वर्षभित्रै सम्बृद्ध प्रदेश निर्माण गर्ने गरी आगामी नीति तथा कार्यक्रम ल्याउन कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन् ।


मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सुझाव सङ्कलन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरु

मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित सुझाव सङ्कलन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुले उत्पादन र रोजगारमुखी कार्यक्रम ल्याउन सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले जनताको जीवनमा परिवर्तन देखिने गरी सरकारले काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

पूर्व मन्त्री प्रभाकरले तथ्याङ्कमा बजेट खर्च देखाएर मात्र नहुने भन्दै बजेट खर्चको प्रभाव जनताको जीवनस्तरमा देखिनुपर्ने बताए । ‘‘भौतिक पूर्वाधार विकास प्राधिकरण, आयुर्वेदिक विक ास आया ेगजस्ता स ं रचना निर्माणको नीति लिन प्रदेश सरकारलाई मेरो सुझाव हो ।’’ उनले भने, ‘‘सरकारको कार्य सम्पादनलाई प्रभावकारी बनाउन कर्मचा री प्रशासनलाई उत्साहित गर्नु पर्ने आवश्यकता छ ।’’

कर्मचारीलाई निश्चित लक्ष्य तोकेर आकर्षक सेवा सुविधासहित काम गराउने नीति लिन पनि नेता प्रभाकरले प्रदेश सरकारलाई सुझाव दिए । उनले धेरै कर्मचारी र धेरै संरचना निर्माणमा भन्दा पनि थोरै कर्मचारी र नतिजामुखी कार्य सम्पादनमा जोड दिन आग्रह गरे । यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका सांसद जीवन बुढाले कर्मचारी, कानून र संरचना अभावका बाबजुद पनि प्रदेश सरकारको १ वर्षे कार्यकाल सन्तोषजनक रहेको बताए । यसैगरी, प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले आगामी आर्थिक वर्षको नीति कार्यक्रममा उत्पादनमूलक आयोजना समावेश गर्न जोड दिए ।

‘‘आर्थिक विकासका क्षेत्रमा सरकारले काम गर्नुपर्छ ।’’ सांसद बुढाले भने, ‘‘एउटा मात्रै भए पनि प्रदेशको दीर्घकालीन आयश्रोत बन्ने खालको योजना अघि सार्नुहोस् ।’’ राष्ट्रिय योजना आयोगका सदस्य मिनबहादुर शाहीले कर्णालीको बहुअ ायामिक गरिबी हटाउन रोजगारमूलक कार्यक्रममा जोड दिए ।

कर्णालीको विकासका लागि प्रदेश योजना आयोगसँग सहकार्य गर्न राष्ट्रिय योजना आयोग तयार रहेको बताउ ँदै या ेजना निर्मा ण र कार्यान्वयनका लागि प्रदेश योजना आयोगको कार्यक्षमता अभिबृद्धिका लागि सरकारले ध्यान दिनुपर्ने जनाए । कार्यक्रममा सहभागी सांसदहरुले कर्णालीमा रहेको जलविद्युत, पर्यटन, कृषि, खनिज र जडीबूटीको उचित परिचालनले प्रदेशको आर्थिक सम्बृद्धि सम्भव भएको बत ाउँदै कार्यान्वयनमुखी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए ।

उनीहरुले केन्द्र सरकारसँग कर्णालीको भौगोलिक विकटता, गरिबी र अविकासको स्थितिलाई ध्यान दिएर सम्बोधन गर्न पनि माग गरिरहेको बताउँदै कर्णालीको विकासका लागि आफूहरु पनि चिन्तित रहेको बताएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै क्षेत्रको राय सुझाव लिएर प्रदेश सरकारले कर्णालीको सम्बृद्धिको खाका सहितको नीति कार्यक्रम ल्याउन लागेको बताए ।

उनले कानून, संरचना र कर्मचारी अभावका कारण जनताको अपेक्षा बमोजिम चालु आर्थिक वर्षमा विकास बजेट खर्च गर्न नसकेको बताउँदै आगामी वर्ष ठूला र प िरणाममुखी योजना ल्याइने धारणा राखे ।

सरकारले जेठ २२ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।