२०७७ कार्तिक ९, आईतवार

नेशनल प्याव्सन सुर्खेतको अध्यक्षमा खनाल

सुर्खेत । राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याप्शन) सुर्खेतको अध्यक्षमा दिपेन्द्र राज खनाल सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको चौथो अघिबेशनले खनाललाई अध्यक्षमा चयन गरिएको हो ।


यस्तै उपध्यक्षमा कुसुम भट्टराई चयन भएकि छन् भने सचिवमा राजु ढकाल, सह सचिवमा पदम राज रिमाल, कोषाध्यक्षमा दिपक खड्का, सह कोषाध्यक्षमा उत्तम गिरी चयन भएका हुन् । यस्तै सदस्यहरुमा गोपाल प्रसाद शर्मा, सुदर्शन खड्का, काँसीप्रसाद कोइराला, राजेन्द्र शर्मा, नारत प्रसाद रेम्मी, धनश्याम खड्का र दिनेश खत्री चयन भएका हुन् ।
अधिबेशनमा राष्ट्रिय नीजि तथा आवासिय विद्यालय एशोसियसन नेपालका केन्द्रिय अध्यक्ष ऋतुराज सापकोटाले नीजि क्षेत्र तथा आवासिय विद्यालयको विकासको लागि प्रतिवद्ध भएर अघि बढ्ने बताए ।
पछिल्लो समयमा सरकारले ल्याएको शिक्षा विधेयकमा नीजि तथा आवासिय विद्यालयलाई कुष्ठीत गर्न खोजिएको भन्दै उनले त्यसको विरोध गर्ने बताए । साथै उनले विद्यालयहरुलाई उक्त विधेयक देखि नआत्तीन समेत आग्रह गरे ।