२०७७ मंसिर १४, आईतवार

जहाँ फोन र रेडियोले पहुँच छैन

radioभाद्र ५ जाजरकोट ।  रग्दा ध्यार गाउँका शेरवहादुर ध्यार फोन गनैका लागी चौखा ४ घण्टा भन्दा वढी हिडेर चौखा पुग्नुपर्ने वाध्यता छ ।

गाउँमा विरामी हुँदा देखी कुनै सुचना पाउँन वा जानकारी दिन आफन्त संग कुराकानी गर्नुपर्यो भने ४ घण्टा औरालो हिडेर चौखा आउन वाध्य हुनुपरेको ध्यारको भनाई छ ।

यस गाविसका दर्जन वढी गाउँहरु ४ घण्टा भन्दा वढी हिडेर फोन गर्न पर्ने वाध्य भएको अर्का अशोक ध्यारले वताउनुभयो ।

सुचनाको भरपर्दो माध्यम नहुँदा यहाँका स्थानियहरु पलपल सुचना वाट वन्चित हुन परेको छ । त्यस्तै भगवती गाविसको फम्दा लगाएका दर्जन गाउँहरु पनि टेलिफोन सेवा प्रभावकारी नहँुदा फोन गर्न घण्टौ हिड्न पर्ने वाध्यता भएको रामवहादुर थापाले वताउनुभयो । फोनले काम गदैन ,रेडियो सुनिदैन , कुनै खवर पाउन वा पठाउन वाटोमा हिड्ने वटुवाको साथ लिनुपर्ने ठुलो चुनौति छ ।

जिल्लाको पश्चिमको सिमा,थालारैकर ,दह गाविसका स्थानियहरु फोन सेवाको अभावमा अग्ला अग्ला डाडाँ हेरेर फोन गर्न जाँनुपर्ने वाध्यता रहेको मोर्कका पुर्णसमिर महतरा दुखेसो सुनाउनुभयो ।

रेडियो पत्रपत्रिका , अनलाईनको पहुँच हुर्ने कुरा त आकाशको फल आँखा तरी मर जस्तै भएको महतराको भनाई छ । जिल्लामा भएका अन्य ठाउँका टेलिफोन टावर पावरकै अभावमा दिनमा मात्र सञ्चालन हुँने र रात्ती वन्द हुँने गरेको उपभोक्ताहरु वताउँछन् । फोन गर्नकै लागी घडीको सुई हेर्नुपर्ने वाध्यता हट्नुपर्ने सेवाग्रही स्थानिहरु वताउँछन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा स्काई प्राविधीका फोनका मात्र सिमिट टावरहरु रहेका छन् । फोनको काम स्थानिय कटुवालहरुले गर्ने गर्दछन् । अग्लो डाडामा गएर गाउँमा केही समस्या आएमा वा नयाँ खवर आएमा कराएर कटुवालले गाउँभरी एकै पटक खवर दिने गर्दछन् ।

कटुवालको दिएको सुचनालाई आधार मानि गाउँलेहरु काममा निक्लिने गर्दछन् । गाउँमा मर्दा ,पर्दा, भेला,वैठक,वन छोड्ने काम , सवै कटुवालको सुचनाको आधारमा निधो हुँने गरेको भगवती फम्दाका नविन सिंहले वताउनुभयो ।

गाउँमा रेडियो समेत नसुनिने भएका कारण घण्टै हिडेर फोन गरी पाएको सुचना गाउँको कटुवाललाई भनेपछि कटुवालद्धारा गाउँले सवै कहाँ संञ्चार गर्ने गरेको सिंहले वताउभयो । यहाँका स्थानियहरुले पटक,पटक राज्यको पहुँचमा रहेका व्यक्ती, सांसद,मन्त्री,सवैलाई भने पनि टेलिफोन सेवा विस्तार हुँन सकेको छैन् ।

यी दुर्गम वस्तीमा स्वास्थ्य संस्था समेत नभएका कारण प्रभावकारी स्वास्थ्य सेवा लिन नपाएको स्थानियले वताएकाछन् । गाउँमा सहि सुचना दिने माध्यम कटुवाल, शिक्षक,राजनैतिक दलका कार्यक्रता नै भएको रहेको पाईएको छ ।